डिआईजी कार्कीको नेपाल प्रहरीसम्बन्धी गीत गृहमन्त्रीबाट सार्वजनिक

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं, २२ भदौ

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआईजी दानबहादुर कार्कीको ‘फुलको बासना सरी’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय प्रहरी सहयाेग दिवसका अवसरमा शनिबार प्रहरी प्रधान कार्यालयमा आयाेजित समाराेहमा गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीले निर्वाह गरिरहेको कर्तव्यबारे सन्देश दिने गीत सार्वजनिक गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयमा कार्यरत डिआइजी कार्कीले शब्द सिर्जना गरेकाे गीतलाई राजेशपायल राई, मेलिना राई, बेनिसा पौडेल र समीर खरेलकाे गाएका छन् ।

मैले लेखेको नेपाल प्रहरीको भावना बोल्ने गीत 'फूलको बासना सरी' आजबाट सार्वजनिक भएको छ,´डिआइजी कार्कीले भने,घाम, पानी, जाडाे नभनी हरेक प्रतिकूलतामा कर्तव्य निर्वाह गर्ने प्रहरी कर्मचारीकाे अव्यक्त भावना गीतमार्फत बाेल्ने प्रयास गरेकाे हुँ ।´

गीतमा दीपक शर्माले संगीत भरेका छन् । गीतको भिडियोमा कलाकारहरु रमेश उप्रेती प्रियंका कार्की प्रकाश सपुत र विनिशा पौडेलको अभिनय रहेकाे छ ।  गीतको भिडियो निर्देशन चर्चित निर्देशक गम्भीर बिष्ट र यसको कन्सेप्ट सरोज ओलीको रहेको छ।

भिडियाे:

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
87%
1 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
17 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ