कतारका राजाको सम्मानमा रात्रिभोज

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीको सम्मानमा रात्रिभोजको आयोजना गरेका छन् ।

होटल सोल्टीमा आयोजना गरिएको रात्रिभोजमा नेपाली परम्परागत झाँकी समेत प्रस्तुत गरिएको छ ।

रात्रिभोजमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश, पूर्व प्रधानमन्त्रीहरू, निजी क्षेत्रका प्रतिनिधि लगायतको उपस्थिति छ ।

राष्ट्रपति पौडेलको निमन्त्रणामा नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका हमाद अल थानी मंगलबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।

राष्ट्रपति पौडेल, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यले विमानस्थलमा उनको स्वागत गरेका थिए । विमानस्थलमै कतारका राजालाई नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको थियो ।

त्यसपछि विमानस्थलबाट उनी राष्ट्रपति भवन शीतलनिवास पुगेका थिए । शीतलनिवासमा राष्ट्रपति पौडेल र कतारका राजा थानीबीच भेटवार्ता भएको थियो ।

सेयर: 21
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
few clouds
17° _ 17°
55%
2 km/h
सोम
27 °C
मंगल
28 °C
बुध
30 °C
बिहि
29 °C
शुक्र
14 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ