थाइल्याण्ड । नेपालकी चर्चीत श्रीमद् भागवत वाचिका राधिका दासीले थाइल्याण्डमा श्रीमद् भागवत सत्संग सम्पन्न गर्नुभएको छ । श्री त्रिनाथ देवालय धाम मन्दिर संचालक समितिको निमन्त्रणामा दुई दिन भागवत वाचन गरिएको हो ।
बालबालिकालाई उचित आचरण सहितको आधुनिक शिक्षा प्रदान गर्ने, विभिन्न पहाडी क्षेत्रमा उचित शिक्षा पाउन नसकेका गरिब तथा असहाय बालबालिकाको शिक्षा र आवासको लागि राधिका फाउन्डेसनले थाइल्याण्डमा श्रीमद् भागवत सत्संग कार्यक्रम आयोजना गरेको हो ।
सत्संगबाट उठेको रकमलाई असहाय बालबालिकाको शिक्षा, स्वास्थ्य, आवास व्यवस्थापनमा खर्च गरिने फाउन्डेसनले जनाएको छ ।