काठमाडौं । थाइल्याण्डकालागि नेपाली राजदूत धन बहादुर ओलीले थाइल्याण्डका स्थानीय व्यापारिहरुसँग छलफल गर्नुभएको छ ।
उहाँले आफ्नो निवासमा थाई व्यवसायीहरुका लागि रात्रिभोजको आयोजना गर्दै नेपालमा लगानीको विषयमा छलफल गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

उहाँले नेपालमा पनि व्यवसायीक लगानी आवश्यक रहेको भन्दै नेपाल—थाइल्याण्ड व्यापारको संभावनाका विषयमा कुराकानी गर्नुभएको थियो । छलफलमा स्थानीय व्यापारि लगायतको उपस्थिति रहेको राजदूत सचिवालयले जनाएको छ ।

