लक्ष्मी–नारायण मन्दिर बनाउन जग्गा दान

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुममा मन्दिर बनाउन एक दाताले जग्गा दान गरेका छन् ।

राकाथुमको गोठपानीमा लक्ष्मी–नारायण मन्दिर बनाउन स्थानीय सुन्दरलाल श्रेष्ठ र उनको परिवारले जग्गा दान गरेका हुन् । मन्दिर निर्माणको लागि ५ लाख मूल्य पर्ने १ रोपनी ६ आना जग्गा श्रेष्ठले दान गरेका वडाध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए ।

जग्गादातालाई लक्ष्मी–नारायण मन्दिर संरक्षण समितिले सम्मान गरेको छ । समितिका अध्यक्ष ध्रुवकुमार श्रेष्ठको अध्यक्षता तथा वडाध्यक्ष रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जग्गादातालाई सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

                                                                       उक्त कार्यक्रममा बोल्दै वडाध्यक्ष श्रेष्ठले अहिलेको युगमा पनि दान गर्ने व्यक्ति अत्ति ठुलो मनका भएको बताए । मानिसहरूसँग सम्पति भएर मात्र नहुने भन्दै उनले त्यसलाई खर्च गर्न सक्ने र त्यो पनि सही ठाउँमा खर्च गर्न सक्ने क्षमता पनि हुनु पर्नेमा जोड दिए ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
broken clouds
24° _ 24°
35%
2 km/h
शनि
23 °C
आइत
26 °C
सोम
24 °C
मंगल
25 °C
बुध
25 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ