विकास आचार्य,महेन्द्रनगर । कञ्चनपुर त्रिभुवन विश्वविद्यालयका गणित बिषयका सह-प्राध्यापक डा.कृष्ण बहादुर चन्दको ५१ बर्षको उमेरमा हृदयघातका कारण मृत्युु भएको छ ।
त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सिद्दनाथ बहुमुखी क्याम्पस महेन्द्रनगरमा २०५६ साल बाट कार्यरत उहाँको हृदयघातका कारण मृत्युु भएको हो ।
चन्दले २०५६ सालमा त्रिभुवन विश्वविद्यालयबाट गणित बिषयमा स्वर्ण पदक पाउनुभएको थियो । उहाँ सुदुरबाट स्वर्ण पदक पाउने पहिलो ब्यक्ति हुनुहुन्थो।
मिजासिलो स्वभाव र प्रभावकारि अध्यायन पद्धति र मिलनसार शैलिका कारण चन्द बिद्यार्थी माझ निकै लोकप्रिय रहेको बिद्यार्थी नारायण बोहराले जानाकारी दिनुभयो । चन्दको जन्म बि स २०२१ सालमा बैतडिमा भएको हो ।
Recent Visitors: 31
तपाईको प्रतिक्रिया के छ?
+1
+1
+1
+1
+1
+1
1
+1