संघीयता निजामती ऐनको अभावले कर्मचारी उत्तरदायी हुन सकेका छैनन् ः सभामुख घिमिरे

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं ।  सभामुख देवराज घिमिरेले संघीयता निजामती ऐनको अभावले गर्दा  कर्मचारी हुन नसकेको बताएका छन् ।

बुधबार संविधान कार्यान्वयनको वर्तमान अवस्था अन्तरसंवाद कार्यक्रमलाई  सम्बोधन गर्दै सभामुख घिमिरेले ऐनको अभावका कारण व्यवस्थापिकाको कामहरु कसरी गर्ने र प्रदेश सरकारले आफ्नो संयन्त्र कसरी चलाउने भन्ने कुरामा समस्या आएको बताएका हुन् ।

उनले भने , ‘संघ, प्रदेश र  स्थानीय तहबीचको अन्तर सम्बन्धको विषय छलफल हुनु जरुरी छ किन की यो कसरी कार्यान्वयन भैइरहेको छ, यसका सकारात्मक र नकारात्मक कुराहरु के  हुन् ? अब यसले के गर्नुपर्छ  भन्ने जस्ता विषयमा छलफल गरिनुपर्छ, हामीले संविधान संम्वत ढंगबाट संघीयताको  आधारमा तीनै तहका कानून बनाउने कुराहरु गर्न केही ढिला हुँदैन, कतिपय त अहिले पनि बनिरहेका छन्, संघीय निजामती ऐनको अभावमा तलका कर्मचारीहरु उत्तरदायी हुने र खासगरि प्रदेश सरकारले आफ्नो संयन्त्र कसरी चलाउने ? भन्ने कुरामा अहिले  पनि व्यवहारिक कठिनाईहरु आएका छन् ।’

साथै, उनले संघीयता भित्रको प्रदेश सरकार जुन मात्रामा प्रभावकारी हुनुपर्ने हो त्यसमा कमी आएको  बताए ।  उनले संघीयताको  आधारमा प्रदेश र  स्थानिय सरकारहरुले  गरिरहेका प्रशासनिक र  न्यायीक कामहरुको समिक्षा हुन जरुरी रहेको पनि बताए । 

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
few clouds
19° _ 19°
42%
2 km/h
बिहि
21 °C
शुक्र
22 °C
शनि
22 °C
आइत
22 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ