देशका विभिन्न प्रदेशमा मनसुनी र पश्चिमी वायुको प्रभाव

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा मनसुनी र पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ। कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायु सक्रिय छ। साथै, पूर्वी र मध्य नेपालमा भारतको उत्तर पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै भागबाट मनसुन बिदा लिन सुरु गरेको छ ।

हाल, कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली देखिनेछ भने बाँकी भूभागमा मौसम सफा रहनेछ। दिउँसो र राति केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टामा कोशी र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी र लुम्बिनी लगायत बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जसकारण कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
77%
1 km/h
शनि
27 °C
आइत
26 °C
सोम
25 °C
मंगल
25 °C
बुध
23 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ