इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम –२ मा भएको उपनिर्वाचनको मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको मतान्तर ५ हजार ६६२ पुगेको छ।
पछिल्लो परिणाम अनुसार उहाँले १६ हजार २९९ मत प्राप्त गर्नुभएको छ।नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई १० हजार ५५७ मत प्राप्त गर्नुभएको छ।
स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८ हजार ८२५ मत प्राप्त गर्दा रास्वपाका मिलनकुमार योङहाङ लिम्बूले २ हजार ६४५ मत ल्याउनुभएको छ।
सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1

