धरान l नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुनसरी क्षेत्र नं. १ अन्तर्गत वडा नं. १६ को निर्वाचन परिचालन समितिको कार्यालय बुधबार उद्घाटन गरिएको छ।
धरान–१६ स्थित बालिका मोड मुनि रहेको कार्यालय पार्टीका उम्मेदवार सूर्यबहादुर (मनोज) भट्टराईले उद्घाटन गरेका हुन्। कार्यालय उद्घाटनसँगै वडा नं. १६ का विभिन्न टोल तथा बस्तीमा निर्वाचन प्रचार–प्रसारलाई तीव्र बनाइएको जनाइएको छ।
कार्यक्रममा पार्टीका नेताहरू लक्ष्मी प्रधान, उमिता बराइली, रेवतिरमण राई, फोक्वाहाङ सुब्बा (चोत्लुङ) र उद्धव बहादुर लिम्बु लगायतको उपस्थिति रहेको थियो।
संवाददाता






