अख्तियार कार्यालय कर्णालीमा एघार सय उजुरी

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

सुर्खेत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा अनियमिततासम्बन्धी उजुरीको चाङ लागेको छ । कर्णाली प्रदेशका १० जिल्ला र रुकुम पूर्वबाट चालु आर्थिक वर्षको छ महिनामा एक हजार ९५ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा दर्ता भएका हुन् ।

गत आव २०७९-०८० भन्दा यो वर्ष अनियमिततासम्बन्धीका उजुरी बढेको अख्तियारको सुर्खेतस्थित कार्यालयले जनाएको छ । चालु आवको साउनदेखि हालसम्म सबैभन्दा बढी सुर्खेतका दुई सय ७३ उजुरी दर्ता भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयका सूचना अधिकारी रत्नचन्द्र गौतमले जानकारी दिनुभयो ।

जिल्लागत रुपमा सबैभन्दा कम रुकुम पूर्वबाट २० वटा उजुरी दर्ता हँुदा रुकुम पश्चिमबाट ८६ वटा उजुरी दर्ता भएका छन् । त्यसैगरी, दैलेखबाट एक सय ७७ वटा, डोल्पाबाट ५८ वटा, सल्यानबाट ७६ वटा उजुरी दर्ता भएको गौतमले बताउनुभयो । यस्तै, जाजरकोटबाट ७१ वटा, जुम्लाबाट एक सय १७ वटा, कालीकोटबाट ७८, मुगुबाट ९७ वटा र हुम्लाबाट ७८ वटा उजुरी दर्ता भएका छन् ।

सूचना अधिकारी गौतमअनुसार गत वर्षका नौ सय ४४ र चालु आवका एक हजार ९५ गरी कूल दुई हजार ३९ उजुरी परेका छन् । तीमध्ये पाँच सय ४९ उजुरीको टुङ्गो लागेको छ भने एक हजार चार सय ९० उजुरीको टुङ्गो लाग्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

स्थानीय र प्रदेश सरकारका आयोजनाका अनियमिततासम्बन्धीका उजुरी बढ्दै गएको अख्तियार सुर्खेत कार्यालयका सूचना अधिकारी गौतमले जानकारी दिनुभयो । आयोगले आफ्नो ३३ औँ स्थापना दिवस सुर्खेतमा पनि मनाएको छ ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
10°C
Kathmandu
few clouds
10° _ 10°
100%
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ