एलिना चौहानको इन्स्टाग्राममा पोस्ट भिडियोले साङ्गीतिक बजारमा खैलाबैला

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । चर्चित गायिका एलिना चौहानले मंगलबार दिउँसो रुँदै गरेको एक भिडियो इन्स्टाग्राममा पोस्ट गरेपछि अहिले चर्चा भएको छ । भिडियोमा उनको अनुहारमा नीलडाम देखिन्छन् ।

जसले गर्दा उनको वैवाहिक जीवनलाई लिएर टीकाटिप्पणी सुरु भएको। छ । उनले एक हिन्दी गीतमा भिडियो बनाएकी छन् । गीतको बोल छ– ‘थारा पैसा, थारी दौलत, थारी गाडी, थारी नाम, थारा बंगला, थारा काम, तुम्ही रखो रे ।’

एलिनाले उक्त भिडियोको क्याप्सनमा लेखेकी छिन्– एक वास्तविक मानिसले पागल हुँदा पनि तपाईंलाई आदर गर्नेछ ।’ यो क्याप्सनले थप शंकाको घेरामा परेको छ।

गत महिना मात्र विवाह गरेकी एलिनाको रोएको यो भिडियो सामाजिक सञ्जालमा पोस्ट भएपछि प्रशंसक चिन्तित बनेका छन् । कतिपयले पति-पत्नीबीच झगडा परेको हो कि भनेर टिप्पणी गरेका छन् । कतिपयले एलिनाले अभिनय गरेको हुनसक्ने भन्दै टिप्पणी गरेका छन् ।

यी सबै जिज्ञासाको जवाफ दिंदै एलिनाले लेखेकी छिन्, ‘यो अभिनय मात्र हो है, गीत मन परेर । नराम्रो नसोच्नु होला कसैले ।’ भनेकी छन्। वैशाखमा विवाह गरेकी एलिना श्रीमानसँगै अहिले अष्ट्रेलियामा छिन् ।

सेयर: 12
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
few clouds
21° _ 21°
43%
2 km/h
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ