अङ्ग्रेजी अनुवादका पुस्तक बढी बिक्री

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

नारायणगढ (चितवन) । जिल्लाका विद्यालयमा यस शैक्षिकसत्रमा अङ्ग्रेजी अनुवादका पुस्तक बढी खपत भएका छन् । जनकशिक्षा सामग्री केन्द्रबाट प्रकाशित विशेष गरी गणित, विज्ञान र स्वास्थ्यका नेपाली भाषाका किताबभन्दा अङ्ग्रेजीमा अनुवाद गरिएका किताब बढी खपत भएका हुन् ।

जनकशिक्षा सामग्री केन्द्र बागमती प्रादेशिक कार्यालय भरतपुरका कार्यालय प्रमुख धनबहादुर केसीका अनुसार कक्षा ६ देखि १० सम्मका अनुवादित पुस्तक बढीमात्रामा बिक्री भएका छन् । उहाँले भन्नुभयो, “चितवनमा कक्षा १० मा अझ बढी अङ्ग्रेजी अनुवादका किताब बिक्री भएका छन् ।”

उहाँले अन्तको अनुपातमा भरतपुर महानगरपालिका र कालिका नगरपालिकाका सामुदायिक विद्यालयले बढीमात्रामा अङ्ग्रेजी अनुवादका पुस्तक लगेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अघिल्ला वर्षमा खासै अनुवादित किताब गएका थिएनन्, अहिले अनुवाद गरिएका किताब बढी गए, चितवन पछि नवलपुर, तनहुँलगायतका जिल्लामा पनि अनुवादित किताब गत वर्षभन्दा बढी बिक्री गरिएको छ ।”

अनुवादित किताबको माग भएसँगै नेपालीमा छापिएका किताब मौज्दात रहेको उहाँको भनाइ छ । “सामुदायिक विद्यालयको स्तरवृद्धि र गुणस्तरीय शिक्षामा ध्यान दिन थालेसँगै अनुवादित किताब बढीमात्रामा गएका हुन्, सामुदायिक विद्यालयले पनि निजी विद्यालयसरहका पाठ्यपुस्तक र शिक्षामा गुणस्तर बढाएको पाइन्छ”, केसीले भन्नुभयो ।

उहाँका अनुसार चालु आर्थिक वर्षमा ती विषयका एक लाख आठ हजार दुई सय १० थान अनुवादित किताब बिक्री भएका छन् । यस शैक्षिकसत्रमा १३ लाख १२ हजार ९८ थान किताब बिक्री भएको जनाउँदै उहाँले १७ करोड ९५ लाख ८५ हजार नौ सय १० का किताब बिक्री भएको बताउनुभयो ।

यस वर्ष किताबको अभाव नभएको जनाउँदै उहाँले भन्नुभयो, “अझै हामीसँग छ लाख नौ हजार पाँच सय ९० थान किताब बिक्रीका लागि राखिएको छ ।”

केन्द्रले कापीसमेत छापेर बिक्री वितरण गर्ने गरेको छ । केन्द्रबाट चितवनसहित बारा, पर्सा, रौतहट, मकवानपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व), तनहुँलगायत जिल्लामा किताब पुग्ने गरेका छन् । अहिले अङ्ग्रेजी अनुवाद गरिएका किताब चितवनमा बढी गएको प्रमुख केसीले बताउनुभयो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
11°C
Kathmandu
few clouds
11° _ 11°
87%
2 km/h
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
24 °C
शुक्र
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ