दुग्ध विकास संस्थान (डिडिसी) को सिंहदरबारभित्र सहुलियत बिक्री केन्द्र स्थापना

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं, चैत ७ गते । दुग्ध विकास संस्थान (डिडिसी) ले सिंहदरबारभित्र सहुलियत बिक्री केन्द्र स्थापना गरेको छ । बुधवार सिंहदरबार परिसरमा मुख्यसचिव डा. वैकुण्ठ अर्यालले सहुलियत बिक्री केन्द्रको उद्घाटन गर्नुभयो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलले विगतका वर्षभन्दा पछिल्लो ६ महिनामा डिडिसी नाफामा गएको बताउनुभयो ।

उहाँले पछिल्लो समय दुग्धजन्य वस्तुहरु बिक्रीमा आएको कमीलाई सिंहदरबारको सहुलियत केन्द्रले थप सहयोग पुग्ने बताउनुभयो । उहाँले डिडिसीले धेरै जनघनत्व भएका क्षेत्रमा बिक्री केन्द्रलाई अभियानकै रुपमा अगाडि बढाउन आग्रह गर्नुभयो ।

सिंहदरबारमा २ हजार ५ सयभन्दा बढी कर्मचारी भएकाले उनीहरुको सहजताका लागि बिक्री केन्द्र स्थापना गरिएको बताउनुभयो । सचिव पौडेलले डिडिसीको मुख्य उद्देश्य भनेको डिडिसीको उत्पादनलाई उपभोक्तामाझ पुगाउनु रहेको बताउनुभयो ।

मुख्य सचिव डा. वैकुण्ठ अर्यालले डिडिसीको बिक्री केन्द्र बढ्दैजाँदा उपभोक्तालाई सहजता आउने देखिएको बताउनुभयो । उहाँले सिंहदरबारभित्र डिडिसीको बिक्री केन्द्र हुँदा डिडिसीको उत्पादन प्रयोगमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

डिडिसीले काठमाडौंको सिंहदरबारभित्र बिक्री केन्द्र खोलेरभन्दा पनि मुलुकभर बिक्री बिस्तार गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । डिडिसी रिङरोडभन्दा बाहिर गएपछि हराउने गरेकाले बिक्री केन्द्र नपुगेको ठाउँमा पुग्न उहाँले आग्रह गर्नुभयो । डिडिसीले आफ्नो उत्पादनलाई मुलुकभर पुगाउने आवश्यकता रहेको बताउनुभयो ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
broken clouds
14° _ 14°
77%
2 km/h
शनि
12 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ