जाजरकोटमा भूकम्पीय पुनर्निर्माण कार्यालय स्थापना

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

सुर्खेत । भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका भूकम्पपीडितका निजी आवास पुनर्निर्माण र मर्मतकार्यलाई तीब्रता दिन जिल्ला भूकम्पीय पुनर्निर्माण तथा पुनस्थापना आयोजना कार्यान्वयन इकाइको स्थापना भएको छ ।

राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले कार्यालय स्थापना गरेर पुनर्निर्माणको काम अघि बढाउन लागेको हो ।

जाजरकोटको भेरी नगरपालिका वडा नम्बर १ रिम्नामा स्थापना भएको कार्यालयको गृहमन्त्री रमेश लेखकले आईतबार उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री लेखकले पश्चिम नेपालमा भूकम्पले पारेको क्षतिको पुनर्निर्माण अभियान सुरु भएको बताए ।

पुनर्निर्माणको लागि आवश्यक मापदण्ड र नियामावलीसँगै आवश्यक बजेट व्यवस्था गरेपछि निजी आवास पुनर्निर्माणको कामलाई तिव्रता दिन जिल्लामै कार्यालय स्थापना गरिएकोले बताए ।

भूकम्पबाट पूर्ण क्षति भएका घरको पुनर्निर्माण तथा चर्किएका घरको मर्मत गरेर प्रबलीकरण गरिने भूकम्पीय पुनर्निर्माण तथा पुनस्स्थापना आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।

उद्घाटन कार्यक्रममा जाजरकोट र रुकुम पश्चिमका जनप्रतिनिधिहरू, प्रशासनिक अधिकारी, सुरक्षाकर्मी, समाजसेवी तथा नागरिकहरूको उपस्थिति थियो ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
few clouds
17° _ 17°
82%
2 km/h
बुध
15 °C
बिहि
28 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ