एफए‌ कप फुटबलको उपाधि म्यानचेस्टर युनाइटेडलाई

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

एजेन्सी। एफए‌ कप फुटबलको उपाधि म्यानचेस्टर युनाइटेडले जितेको छ ।

शनिबार राति भएको खेलमा युनाइटेडले चर्चित प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई‌ २-१ गोलले हराउँदै उपाधि चुमेको हो । युनाइटेडले सिटीसँग अघिल्लो वर्षको हारको बदला समेत लिएको छ ।

गत वर्ष युनाइटेडलाई‌ २-१ गोलले नै हराउँदै सिटीले यस उपाधि उचालेको थियो । युनाइटेडलाई‌ जिताउन अलेहान्द्रो ग्रानाचोले ३०औँ र कोबी माइनोले ३९औँ मिनेटमा गोल गर्नुभयो ।

सिटीका जेरेमी डोकुले ८७ औँ मिनेटमा गोल फर्काएपनि टोलीको हार टरेन । पहिलो हाफमा दबाब खेपेको सिटीले दोस्रो हाफमा भने सानदार प्रदर्शन गरेको थियो ।

जितसँगै युनाइटेड युरोपा लिगका लागि छनोट भएको छ ।युनाइटेडको यो १३औँ एफए कप उपाधि हो । सर्वाधिक यस उपाधि जित्ने टोली भने आर्सनल हो । आर्सनलले १४ पटक एफए कप जितेको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
scattered clouds
22° _ 22°
100%
मंगल
26 °C
बुध
26 °C
बिहि
27 °C
शुक्र
28 °C
शनि
28 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ