काठमाडौं– पोखरा भ्रमण बर्षको उद्घाटनका क्रममा बेलुन फुटी जलेर बर्न अस्पताल किर्तिपुरमा उपचार गराएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई आजै डिस्चार्ज गरिने अस्पतालले जनाएको छ।
जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नदेखिएकाले आज डिस्चार्ज गर्ने निर्णय भएको अस्पताल प्रशासनले विज्ञप्तिमार्फत् जानकारी दिएको छ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भने केही दिन अस्पताल राखिने भएको छ।