प्रथम सहकारी रोजगार मेला भोलिदेखि

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । प्रथम सहकारी रोजगार मेला–२०८१ भोलि (शुक्रबार)देखि हुने भएको छ । राष्ट्रिय सहकारी महासङ्घले बुधबार पत्रकार सम्मेलन गरी असार ७ देखि ९ गतेसम्म प्रथम सहकारी रोजगार मेला सञ्चालन गरिने जानकारी दिएको हो ।

महासङ्घकी अध्यक्ष ओमदेवी मल्लले सहकारीमार्फत युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

दिनप्रतिदिन युवाहरु विदेश जानुपर्ने परिस्थिति अन्त्य गरी मुलुकभित्रै सहकारीको माध्यमबाट रोजगार बनाउने उद्देश्यले मेला आयोजना गरिएको उहाँको भनाइ छ ।

उहाँले मेलाले मर्यादित रोजगारीका अवसर प्रवद्र्धन गर्ने विश्वास व्यक्त गर्नुभयो । हाल नेपालमा ३१ हजार सहकारीमा एक लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको उहाँले जानकारी दिनुभयो ।

‘मर्यादित सहकारी व्यवसायका लागि युवा सङ्लग्नता’ भन्ने नाराका साथ हुन लागेको मेलामा उत्पादन तथा सेवाका सहकारीहरु र अन्य जनशक्ति खोज्न सहजता प्रदान गर्ने आयोजकले जनाएको छ ।

मेलामा नवप्रवर्तन र साना व्यवसायमार्फत स्वरोजगार गर्न चाहनेको लागि नेटवर्किङको कार्यसमेत हुनेछ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
10°C
Kathmandu
few clouds
10° _ 10°
100%
2 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ