युक्रेनी सेनाको कब्जामा रहेका पाँच जना नेपाली सकुशल

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । रुसी सेनामा भर्ना भई युद्ध लड्ने क्रममा युक्रेनी सेनाको कब्जामा रहेको पाँच जना नेपाली सकुशल रहेको पुष्टि भएको छ । परराष्ट्र मन्त्रालयले क्रेन सरकारका प्रतिनिधिहरूले पाँच जना नेपालीलाई एकै स्थानमा राखेर बयान लिएको जनाएको छ ।

रुसी सेनामा गैरकानुनी रूपमा भर्ना भएका बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई, रोल्पाका प्रतीक पुन र गोरखाका ईश्वर लामिछाने युद्धका क्रममा युक्रेनी सेनाको कब्जामा परेका छन् ।

लामो समयदेखि नेपाल सरकारले जर्मनीस्थित नेपाली दूतावासमार्फत युक्रेनी कब्जामा रहेका आफ्ना नागरिकहरुलाई रिहाइका लागि कूटनीतिक पहल गरेको थियो । युक्रेनले भने एक महिनाअघि मात्र नेपालको जवाफ फर्काएको थियो ।

जर्मनीस्थित नेपाली राजदूत रामकाजी खड्का र युक्रेनी राजदूतबीच करिब एक घण्टा भेटवार्तापछि युक्रेनी कब्जामा रहेका नेपालीलाई छुटाउने पहल कदम अघि बढ्ने संकेत दिएको थियो । युक्रेनले बल्ल आएर नेपालको आग्रहलाई मानेर नेपालीहरूको बयान लिएर छाड्ने संकेत गरेको हो । साथै, युक्रेनले यसअघि कब्जामा रहेका नेपालीहरूको भिडियो बनाउँदै सार्वजनिक गरेको थियो ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
10°C
Kathmandu
mist
10° _ 10°
100%
1 km/h
शनि
21 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ