महिनौँदेखि आठ विद्यालयका विद्यार्थीले दिवा खाजा खान पाएनन्

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

अछाम। पञ्चदेवल विनायक नगरपालिका ८ बारलामा आठ विद्यालयका विद्यार्थी दिवा खाजाबाट वञ्चित भएका छन् । नगरपालिकाका आठ वटै विद्यालयमा खाजा खुवाउन छनाेट भएको सुप्रिम सहकारीसँगको सम्झौता नहुँदा विद्यार्थीहरू पाँच महिनादेखि खाजा खान नपाएका हुन् । 

नगरपालिका र सहकारीले सम्झौता नहुनुमा एक अर्कालाई दोष लाइरहेका बेलामा विद्यार्थीहरू खाजा खान पाउने अधिकारबाट वञ्चित भएका छन् । आफ्नो विद्यालयका विद्यार्थीहरूले हालसम्म विद्यालयको खाजा खान नपाएको मालिका माविका प्रधानाध्यापक तपेन्द्रबहादुर शाहीको भनाइ छ । वडा दसैँभन्दा अघि वडामा रहेका ८ मध्ये सरस्वती, शैलेश्वरी, कुइकाल्नी र जनप्रिय आधारभूत विद्यालयका विद्यार्थीले भने एक हप्ता विद्यालयको खाजा खान पाए पनि त्यसपछि बन्द अवस्थामा छ । वडामै रहेको मालिका मावि, सुदर्शन, रुपादेवी, नवदुर्गा आधारभूत विद्यालयमा भने हालसम्म विद्यालय खाजा कार्यक्रम सुरु नै नभएको बताइएको छ । गएको भदौ महिनामा आफ्नो क्षेत्रभित्र रहेका विद्यालयमा स्थानीय खाजा खुवाउनका लागि आव्हान अनुसार बारलामा सुप्रिम कृषि सहकारी छनाेट गरिएको थियो । 

नगरपालिका स्राेतका अनुसार विद्यालयमा एक महिना खाजा खुवाउने जिम्मा पाएको सुप्रिम कृषि सहकारीले चार विद्यालयमा मात्र केही दिन खाजा खुवाएर काम गर्न छाडेको र सम्झौता गर्न नआएको नगरका शिक्षा शाखा प्रमुख डम्बर थापाले जानकारी दिनुभयो । तर सहकारी अध्यक्ष प्रेम खत्रीका अनुसार आफूहरूले दिवा खाजा ल्याएर राखेको भए पनि नगरले सम्झौता नगरिदिँदा समस्यामा परेको दाबी गर्नुहुन्छ । सुप्रिम सहकारीलाई विद्यालय खाजाका लागि सम्झौता गरिदिन वडाले समेत यही पुस ६ गते नगरलाई सिफारिस गरेको पाइएको छ । सहकारी संस्थालाई दिवा खाजा खुवाउनका लागि आवश्यक सामाग्रीहरू जम्मा भएको भए पनि सहकारी र नगरपालिकाका बिचमा सम्झौता नहुँदा समस्या उत्पन्न भएको वडा अध्यक्ष छत्रबहादुर शाहीको भनाइ छ । सहकारीमा खाजाका लागि केही सामग्री जम्मा रहेको भए पनि विद्यार्थीहरूले खाजा नपाएको वडाध्यक्ष शाहीको भनाइ छ ।

नगरपालिकासँग सम्झौता भएमा आफूहरू आठ वटै विद्यालयमा खाजा खुवाउन तयार रहेको सहकारी प्रतिनिधिको भना छ । केही दिनमा सहकारीका अध्यक्षसहित पालिकामा बैठक हुने र निष्कर्षमा पुगेर माघको सुरुबाटै खाजा खुवाउन सुरु गर्ने शाखा प्रमुख थापाको भनाइ छ । “पहिला एक महिनाको सहकारीको काम पनि राम्रो भएन, त्यसपछि सम्झौता गर्न आउनुभएन । पुसमा हामी व्यस्त भयोै, अब चाँडै टुङ्ग्याउँछौं ।” थापाले भन्नुभयो । 

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
94%
1 km/h
बिहि
28 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ