बजेट पुनः लेखन गर्न पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललेको सुझाव

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं, चैत १ गते। नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतालाई पुनः लेखन गर्न सुझाव दिनुभएको छ।

बिहीबार प्रतिनिधि सभा बैठकको बजेटका प्राथमिकता र सिद्धान्तमाथि छलफलमा भाग लिँदै एमालेका उपाध्यक्ष पौडेलले अर्थमन्त्री वर्षमान पुनलाई यस्तो सुझाव दिनुभएको हो। उहाँले अर्थमन्त्री पुनलाई निः वर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले पेस गरेको प्रस्तावलाई सांसदमा भएको छलफल र सांसदको धारणाको आधारमा पूर्णरुपमा परिमार्जन गर्न आग्रह गर्नुभयो।

उहाँले अघिल्ला अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकतालाई कानुनी र व्यवहारिक समस्याले संसदमा छलफल गर्नुपरेको बताउनुभयो। उहाँले बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने अर्थमन्त्री नभएपछि वर्तमान अर्थमन्त्रीले पुन बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्न पाउनुपर्ने आशय व्यक्त गर्नुभयो।

पूर्व अर्थमन्त्री पौडेलले बजेटका सिद्धान्त र प्राथमिकतालाई देशका समस्या समाधान हुनेगरी परिवर्तन गर्न अर्थमन्त्रीलाई सुझाव दिनुभएको हो। उहाँले अघिल्ला अर्थमन्त्री महतले पेस गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता ‘शब्द र वाक्यको भिड मात्रै’ भएको धारणा राख्नुभयो।

पौडेलले यो सिद्धान्त र प्राथमिकताले वर्तमान अर्थतन्त्रका कुनै समस्या समाधान गर्न नसक्ने दाबी गर्नुभयो। उहाँले यो सिद्धान्त र प्राथमिकताको प्रस्तावमा छलफलले संसद्को समयलाई अपव्यय हुने बताउनुभयो। उहाँले यो बजेटका सिद्धान्त र प्राथमिकताले अर्थतन्त्रका कुनै पनि विषयलाई निर्देशित नगर्ने बताउनुभयो।

उहाँले प्रधानमन्त्रीले गठबन्धन फेर्नुपर्ने आवश्यकता बजेटको सिद्धान्त र प्राथमिकतामा नेपाली कांग्रेसले राखेको धारणाले पुष्टि गरेको बताउनुभयो। उहाँले कांग्रेसकै सांसदले समर्थन गर्न नसक्ने प्रस्तावले देशको समस्या समाधान गर्न नसक्ने बताउनुभयो।

उहाँले पुनः लिखित सिद्धान्त र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट तयार बनाउन पनि अर्थमन्त्रीलाई सुझाव दिनुभयो।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
haze
17° _ 17°
55%
बिहि
26 °C
शुक्र
26 °C
शनि
13 °C
आइत
19 °C
सोम
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ