श्रीलंकन नागरिकलाई बन्धक बनाउने चार जना पक्राउ

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । प्रहरीले श्रीलंकन नागरिकलाई युरोपियन मुलुक पठाउने भनी बन्धक बनाउने चार जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नकुल पोखरेलका अनुसार वैदेशिक रोजगारीका लागि क्यानडा, रोमानिया, ग्रिस लगायतका देशमा पठाउने भनी श्रीलंकन नागरिकहरुलाई नेपालमा बन्धक बनाउने ५७ वर्षीय जुवेर अम्जाद, ६१ वर्षीय मलिक अब्दुल हमिद, ४२ वर्षीय शाहजेहान तानविर र ४४ वर्षीय आरिफ मसिह पक्राउ परेका छन् ।

स्थायी घर पाकिस्तान भएका निजहरुले उनीहरुलाई श्रीलंकाबाट ल्याइ उपत्यकाका विभिन्न स्थानका होटलमा राखी पीडितहरुको पासपोर्ट नियन्त्रणमा लिएको र विभिन्न  धाक, धम्की दिइ कुटपीट गर्नुका साथै आफन्तसँग सम्पर्क हुन नदिइएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

नीहरुविरुद्ध अपहरण तथा शरीर बन्धक लिन नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको प्रहरीले जनाएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
scattered clouds
22° _ 22°
37%
4 km/h
मंगल
20 °C
बुध
25 °C
बिहि
25 °C
शुक्र
26 °C
शनि
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ