बागमतीमा कांग्रेसका चार मन्त्रीले लिए शपथ

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

हेटौंडा । बागमती प्रदेशमा कांग्रेसका चारजना मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज शनिबार हरिप्रभा खड्गी, सुरजचन्द्र लामिछाने, मिनकृष्ण महर्जन र विमल ठकुरीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्री हेरफेर गरेका छन । लामाले आफ्नै दल कांग्रेसका मन्त्रीहरूको जिम्मेवारी हेरफेरसँगै नयाँलाई जिम्मेवारी दिएर आज शपथ गराइएको हो ।

उनले सामाजिक विकास मन्त्रालयमा हरिप्रभा खड्गीलाई नियुक्त गरेका छन् । सुरजचन्द्रलाई आन्तरिक मामिला तथा कानुन, मीनकृष्णलाई युवा तथा खेलकुद र विमललाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

मुख्यमन्त्री लामाले बिहीवार आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएका रसुवाका प्रभात तामाङलाई हटाएर कुन्दनराज काफ्लेलाई जिम्मेवारी दिएका छन् ।

बुधबार विनाविभागीय मन्त्रीको शपथ लिएका काफ्लेलाई मुख्यमन्त्री लामाले बिहीबार नै सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका थिए । तर, काफ्लेले आर्थिक मामिला मन्त्रालय माग्दै शपथ कार्यक्रम रोक्न दबाव दिएका थिए ।

लामाले काफ्लेलाई आर्थिक मामिला पठाएसँगै रिक्त रहेको सामाजिक विकास मन्त्रालयमा हरिप्रभा पुगेकी हुन् । यसअघि महिलालाई मन्त्री नबनाएको भन्दै कांग्रेसभित्र विवाद चर्किएको थियो

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
few clouds
16° _ 16°
67%
5 km/h
बिहि
14 °C
शुक्र
22 °C
शनि
22 °C
आइत
22 °C
सोम
23 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ