आठ लाख भारतीय र नेपाली रुपियाँसहित चार जना नियन्त्रणमा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

हेटौँडा । मकवानपुर प्रहरीले करिब आठ लाख भारतीय र नेपाली रुपियाँसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले वीरगन्जबाट नारायणघाटतर्फ जाँदै गरेको बिआर ०१ एआर २९९१ को भारतीय कारबाट चार जनालाई आइतबार बिहान पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कार चालक भारतको बिहार राज्य सीतामणि थाना–९ भुभैरवो बस्ने वर्ष ३० का राकेश कुमार र सोही कारमा सवार सोही स्थानका वर्ष ३० का चन्द्र बाबु, वर्ष ३७ का अशोक राय र सुनसरी जिल्ला कोशी गाउँपालिका बस्ने वर्ष ३२ का निजाम मिया रहेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

प्रहरीलाई शङ्का लागि कार रोकेर जाँच गर्ने क्रममा उक्त कारको सिट मुनी लुकाई ल्याएको भारतीय रुपिया पाँच सय को नोट एक हजार ४२ थानको पाँच २१ हजार, दुई सयको नोट ९३ थानमाको भा.रु. १८ हजार छ सय), सयको नोट ९३ थान भा.रु. नौ हजार तीन सय, ५० को नोट चार थान भा.रु. दुई सय गरी जम्मा भा.रु. पाँच लाख ४९ हजार एक सय रुपियाँ उनीहरूबाट बरामद भएको छ ।

यस्तै नेपाली रुपियाँ एक हजार दरका नोट १५० थान, पाँच दरका नोट दुई थान गरी नेपाली रुपियाँ दुई लाख पचास हजार रुपियाँ फेला परेको प्रहरीले जनाएको छ ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
few clouds
17° _ 17°
100%
1 km/h
मंगल
24 °C
बुध
27 °C
बिहि
29 °C
शुक्र
30 °C
शनि
18 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ