निःशुल्क स्वास्थ्य परीक्षण

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

कञ्चनपुर । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले भीमदत्त नगरपालिका स्थित महाकाली बाल अनाथालय र महिला तथा वृद्ध सेवा केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण एवम् औषधि वितरण गरेको छ ।

आज अस्पतालले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वृद्धसेवा केन्द्रमा रहेको ३० जना वृद्धवृद्धा र अनाथालयमा रहेका २५ जना बालबालिकाको स्वास्थ्य जाँच गरी औषधि वितरण गरेको हो ।

महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन डा.अर्जुन भट्टले भन्नुभयो, “सहजरुपमा स्वास्थ्य सेवा पाउन नसकेका बस्तीमा अस्पतालले निःशुल्क स्वास्थ्य शिविर चलाउँदै आएको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्धसेवा केन्द्र र अनाथालयमा पनि निःशुल्क स्वास्थ्य जाँच एवम् औषधि वितरण गरेका हौँ ।” महिला तथा वृद्ध सेवा केन्द्रमा रहेका तीस जना वृद्धवृद्धाको स्वास्थ्य परीक्षण एवम् औषधि वितरण गरिएको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णनन्द भट्टले अस्पतालले विकट बस्ती र स्वास्थ्य सेवामा पहुँच नभएका स्थानमा स्वास्थ्य शिविर आयोजना गर्ने गरेको जानकारी दिनुभयो । “यसअघि दोधारा चाँदनी र लालझाडीको विकट बस्तीमा विशेषज्ञ चिकित्सकको स्वास्थ्य शिविर आयोजना गरेका थियौँ ।”

अध्यक्ष भट्टले भन्नुभयो, “सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष अस्पतालले विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ ।”महाकाली अञ्चल बाल अनाथालयका अध्यक्ष दयाकृष्ण जोशीले दाताको भरमा सञ्चालन भइरहेको अनाथालयमा अस्पतालले औषधि उपचार गरिदिँदा थप सहयोग पुगेको बताउनुभयो ।

“अनाथालय दाताको दानले चलिरहेको छ राज्यपक्षबाट सहयोग हुन सकेको छैन ।” उहाँले भन्नुभयो, “अनाथालय दैनिक सञ्चालनमा समस्या भइरहेका बेला अस्पतालले औषधि उपचार गरिदिँदा सहज भएको छ ।” उहाँका अनुसार अनाथालयमा २५ जना बालबालिका रहेका छन् । उहाँहरुको पालनपोषण दाताकै भरमा भइरहेको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
10°C
Kathmandu
few clouds
10° _ 10°
93%
1 km/h
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
24 °C
शुक्र
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ