फ्रेन्च लिग वान फुटबलको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

एजेन्सी । फ्रेन्च लिग वान फुटबलको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जितेको छ । डेकाथलन एरिनामा शनिबार राति भएको खेलमा पीएसजीले लियोनलाई २–१ गोलले हरायो । पीएसजीको जितमा औसमाने डेम्बेले २२औँ र फावियन लुइजले ३४औँ मिनेटमा गोल गरे ।

लियोनका ओ ब्रियनले ५५औँ मिनेटमा एक गोल फर्काए। उपाधिसँगै पीएसजीले युवा स्ट्राइकर केलियन एम्बाप्पेको सुखद बिदाइ गरेको छ । फ्रेन्च लिग वान उपाधि उचाले पनि पीएसजी यससिजन युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलबाट माथि जान सकेन । पछिल्लो १२ संस्करणमा ११ पटक लिग च्याम्पिय बनेको पीएसजी च्याम्पियन्स लिगमा भने उपाधिविहिन रह्यो ।

त्यसैले युवा स्टार एम्बाप्पेले यस सिजनको अन्त्यसँगै क्लब छाड्ने योजना बनाएका हुन । अब एमबाप्पे स्पेनिस क्लब रियाल मड्रिड जाने चर्चा चलेको छ ।

फ्रान्सलाई सन् २०१८ को विश्वकप उपाधि जिताउन महत्वपूर्ण भूमिका निभाएका एम्बाप्पेले पीएसजीबाट तीन सय आठ खेल खेल्दै दुई सय ५६ गोल गरेका छन् । जुन क्लबका लागि सर्वाधिक गोल हो । उनी सन् २०१७ मा मानाकोबाट लोनमा पीएसजी आएका थिए ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
77%
2 km/h
बुध
17 °C
बिहि
25 °C
शुक्र
26 °C
शनि
22 °C
आइत
18 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ