एमाले पाल्पाको अध्यक्षमा घर्तीमगर विजयी

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

पाल्पा । नेकपा एमाले पाल्पाको दशौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा ओमबहादुर घर्तीमगर निर्वाचित हुनुभएको छ । घर्तीमगर सर्वसम्मत रुपमा निर्वाचत हुनुभएको एमालेका नेता एवम् लुम्बिनी प्रदेश सभा सदस्य खेमबहादुर सारुले जानकारी दिनुभयो ।

यस्तै, उपाध्यक्षमा विमल काफ्ले, सचिवमा भोजराज पोखरेल (रामजी), उपसचिवमा दिपक विश्वकर्मा र मीना जिसी निर्वाचित हुनुभएको छ । अध्यक्ष पदका लागि घर्तीमगर र पोखरेलको दावी रहेको थियो । तर सहमतिमा पदाधिकारी टुङ्गिएको नेताहरूले बताएका छन् ।

अध्यक्षमा निर्वाचित घर्तीमगर यसअघि एमाले जिल्ला कमिटिको सचिव र तिनाउ गाउँपालिकाको अध्यक्ष भइसक्नुभएको छ । पदाधिकारीसहित एक सय पाँच जनाको जिल्ला समिति सहमतिमै टुङ्ग्याउने प्रयास भइरहेको छ ।

निर्वाचन समितिले केही बेरमै निर्वाचित समिति घोषणा गर्ने तयारी गरेको एमालेका नेताहरूले बताउनुभएको छ ।शुक्रबारदेखि तानसेनमा जारी अधिवेशनमा चार सय पाँच बढी प्रतिनिधि सहभागी भएका थिए । अधिवेशनले सांगठनिक प्रतिवेदन पारित गरेको छ ।

पाल्पामा २००६ सालमा कम्युनिष्ट पार्टीको सेल गठन भएको थियो । लामो समयपछि २०४८ सालमा मात्रै नेकपा एमालेको पहिलो अधिवेशन भएको निवर्तमान अध्यक्ष धनेन्द्रराज घिमिरेले जानकारी दिनुभयो । अधिवेशनको उद्घाटन एमालेका महासचिव शङ्कर पोखरेलले गर्नुभएको थियो ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
broken clouds
15° _ 15°
82%
1 km/h
बिहि
23 °C
शुक्र
26 °C
शनि
21 °C
आइत
23 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ