संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रको वृहत्तर कार्ययोजना आवश्यक

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले कार्यान्वय गर्न योग्य कार्ययोजना यथासिघ्र निर्माण गरी सोको जानकारी समितिलाई गराउन मन्त्रालयलाई निर्देशन दिएको छ ।

बिहीबार सिंहदरबारस्थित समिति सभाकक्षमा बसेको पर्यटन समितिको बैठकले संस्कृति पर्यटन र नागरिक उड्डयन तीनै क्षेत्रको वृहत्तर विकासको लागि मन्त्रालयको समग्र नीतिगत संरचनागत र व्यवस्थापकीय सुधार गर्न कार्यान्वय गर्न योग्य कार्ययोजना यथासिघ्र निर्माण गरी सो को जानकारी समितिलाई गराउने निर्णय गरेको सभापति राजकिशोर यादवले जानकारी दिए । 

उने भने,‘संस्कृति पर्यटन र नागरिक उड्डयन तीनै क्षेत्रको वृहत्तर विकासको लागि मन्त्रालयको समग्र नीतिगत संरचनागत र व्यवस्थापकीय सुधार गर्न, त्यसको कार्यान्वय गर्न योग्य कार्ययोजना यथासिघ्र निर्माण गरी सो को जानकारी समितिलाई गराउने निर्णय भएको छ ।’

यस्तै,उनले विभिद जाती भाषा धर्म र सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्न नेपालमा जातिय र धार्मिक संग्रालयहरुको निर्माण कार्यलाई तिव्रता दिइ पर्यटन प्रवद्र्धनमा जोड दिने र मन्त्रालय अन्तर्गत सार्बजनिक निजी साझेदारी मोडलमा सञ्चालित विभिन्न आयोजना एवम् निकायहरुको उपलब्धी र प्रभावकारीताबारे अध्यन गरी सो को जनकारी समितिलाई जानकारी गराउने निर्णय भएको पनि जानकारी दिए ।

उनले भने,‘विभेद जाति, भाषा, धर्म र सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्न नेपालमा जातिय र धार्मिक संग्रालयहरुको निर्माण कार्यलाई तिव्रता दिई पर्यटन प्रवद्र्धनमा जोड दिने । मन्त्रालय अन्तर्गत सार्बजनिक निजी साझेदारी मोडलमा सञ्चालित विभिन्न आयोजना एवम् निकायहरुको उपलब्धी र प्रभावकारीताबारे अध्यन गरी सो को जानकारी समितिलाई जानकारी गराउने पनि निर्णय भएको छ ।

त्यस्तै उनका अनुसार पुरातात्विक सम्पदा उत्खनन्को कामलाई नियमित परिणाममुखीमुलक बनाई कार्य सम्पादनमा जोड दिने पनि निर्णय भएको छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
63%
3 km/h
शुक्र
14 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ