इनरुवा । सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिकामा भएको एक युवामाथिको सामूहिक आक्रमणको घटानले शुक्रबार विहानदेखि यहाँ तनाव उत्पन्न भएको छ । झडपमा दुई जना युवा घाइते भएका छन् ।
स्थानीयले घटनाको विरोध र समर्थनमा नाराबाजी र प्रदर्शन गरेपछि विहानैदेखि हरिनगर –१ र २ रामनगर भुटाहामा दुई पक्षबिच झडप भएको हो ।
दुई पक्ष एकले अर्कालाई लखेटेपछि झडपको अवस्था निर्माण भएको स्थानीयको भनाइ छ । आन्दोलनरत पक्षले सुरक्षार्थ खटिएका प्रहरीमाथि आक्रमण गरेपछि दुई जना घाइते भएका हुन् ।
झडप हुँदा दुई जना घाइते भएका छन् । मुस्लिम समुदायको ज्यादती भन्दै स्थानीय हिन्दु समुदायका स्थानीयले न्यायको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।
अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले ६ सेल अश्रुग्यास प्रहार गरेको छ । सो स्थानमा झडप हुन नदिन भन्दै स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गरेको छ ।
नेपाल यादव सेवा समिति सुनसरीका महासचिव मनोजकुमार यादवका अनुसार झडपमा घाइते भएकालाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विभाग प्रतिष्ठान पठाइएका छ ।