हावाहुरि सहितको असिना झरीले जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा ठूलो क्षती

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रुकुम पश्चिम । जाजरकोटको बारेकोट–२ लिम्सामा शनिबार दिउँसो आएको हावाहुरीले गाउँपालिकाको स्वास्थ्य शाखा रहेको भवन र यहीको प्रहरी चौकीको भवनको छानो हावाले उडाएको गाउँपालिकाका अध्यक्ष विरबहादुर गिरीले बताए ।

हावाहुरीले जाजरकोटको बारेकोट गाउँपालिकाका विभिन्न स्थानमा लाखौँको धनमाल क्षति गरेको छ । हावाहुरीले वडा नं. २, ३ र ६ मा क्षति पुर्‍याएको हो । विभिन्न सरकारी भवनका साथै भुकम्पपीडितका अस्थायी टहराहरुमा समेत असर गरेको स्थानीयले बताएका छन् । 

‘केही सामुदायिक बिद्यालय र भुकम्पपीडितका अस्थायी अवासमा समेत क्षति पुगेको जानकारी आएको छ,’ उनले भने, ‘क्षतिको पूर्ण विवरण संकलन भइसकेको छैन ।’ दिउँसो २ बजेतिर आएको हावाहुरी करिब आधा घण्टा जस्तो रहेको थियो ।

यसका साथै दिउँसोकै हावाहुरीले रुकुम पश्चिमको आठविसकोट नगरपालिका–९ स्थित इलाका प्रहरी कार्यालको जस्ता पाताले छाएको भान्सा घर र ग्यासेजमा पनि क्षति पुर्‍याएको जिल्ला प्रहरी कर्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक धमेन्द्र खड्काले जानकारी दिए ।

साथै रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा हावाहुरी र असिना सहितको झरी पर्दा पालिकाका वडा न १२, ६ , र ११ का विभिन्न स्थानमा गहुँ जौ मसुरी तोरि लगाएत अन्न बालीमा क्षती पुर्‍याएको छ । झरिका कारण भित्र्याउनेइ बेला भएको बाली तहसनहस भएको वडा न. १२ का स्थानीय शरण आचार्यले जानकारी दिनुभएको हो ।

सेयर: 41
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
mist
12° _ 12°
94%
मंगल
25 °C
बुध
27 °C
बिहि
28 °C
शुक्र
28 °C
शनि
28 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ