अन्तरजातीय विवाह गर्ने २३ जोडीलाई भरतपुर महानगरको सम्मान, जातीय विभेदलाई अन्त्य गराउन सहयोग

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

चितवन । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका २३ जोडीलाई सम्मान गरेको छ । हिजो आइतबार १० र त्यसअघि १३ वटा जोडीलाई महानगरले सम्मान गरेको हो ।

हिजो सम्मानित हुनेहरूमा भरतपुर महानगरपालिका–१९ का आशिष विक र शान्ति घर्ती, भरतपुर–१९ कै सुवन गहतराज र शान्ता श्रेष्ठ, भरतपुर–२३ का नविन विक र कमला श्रेष्ठ, भरतपुर–११ का विवेक सुनार र अम्बिका कार्की, भरतपुर–१६ सुशील परियार र सुस्मिता बुढाथोकीको जोडी रहेका छन् ।

यस्तै, भरतपुर–२५ का अविनास सुनार र मिना भुजेल, भरतपुर १४ विवस महतो र प्रतिभा सुनार, भरतपुर १४ कै पदम बहादुर विक र फुलमाया लावती, भरतपुर १५ का विनोद परियार र अरुणा राई, भरतपुर ६ का सुवास विक र माया कुमालको जोडी रहेका छन् । उनीहरूलाई महानगरले हिजो आइतबार एक कार्यक्रमकाबीच एक जोडीलाई नगद रू। एक–एक लाखसहित सम्मान गरेको हो । भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र पौडेलले संयुक्त रूपमा १० वटा जोडीलाई सम्मान गरे ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख दाहालले विगत चार वर्षदेखि सुरुवात भएको सम्मान कार्यक्रममा क्रमशः जोडीको संख्या वृद्धि हुँदै गएको बताइन् । भरतपुर महानगरपालिकालाई सभ्य र सुसंस्कृत बनाउने उद्देश्यले यो अभियानको थालनी गरिएको उनको भनाइ छ । जातीय विभेदलाई अन्त्य गराउन यस्ता कार्यक्रमलाई प्राथामिकतामा राखेको प्रमुख दाहालले उल्लेख गरिन् ।

हिजोको समान्तवादी सोच, चिन्तत र प्रवृति आज पनि देखिने गरेको उनको भनाइ छ । संविधानले जातीय विभेदलाई अपराधजन्य कार्य भनेर ठहर गरे पनि सोचे जति परिवर्तन हुन नसकेको उनको भनाइ थियो ।

महानगरले यसअघि १३ जोडीलाई सम्मान गरिसकेको छ । महानगरले हालसम्म अन्तरजातीय विवाह गर्ने २३ जनालाई सम्मान गरिसकेको छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
94%
1 km/h
बिहि
28 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ