अहंकार देखाए बंगलादेश र श्रीलंकाको हालत हुन्छ भनेर सम्झाएको छु : प्रचण्ड

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दुई तिहाइ बहुमतको घमण्ड नदेखाउन चेतावनी दिएका छन् ।

धनगढीमा भएको पार्टीको प्रदेश परामर्श बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले सरकारको सुरुवाती दिन हेर्दा राम्रो लक्षण नदेखिएपछि दुई तिहाइको अंहकार देखाए बंगलादेश र श्रीलंकाको हालत हुन्छ भनेर सम्झाएको बताए ।

उनले भने, ‘दुई तिहाइको अंहकार नदेखाउनोस् भनेर सम्झाएको मात्र छु । उहाँहरुले अलि बढी गर्न थाल्नु भो भने भ्रष्टाचारका विरुद्धसडकमा आउँछौं । दुई तिहाइको घमण्ड नगर्नाेस्, तपाँइहरु सुध्रिनुहोस्, राम्रो कामको समर्थन नै हुने छ तर तर लक्षण राम्रो गर्नेजस्तो देखिएको छैन । गल्ती गर्दै गए प्रतिपक्षले छाड्ने छैन, अहिले बेलैमा सचेत मात्रै गराइएको हो ।’

उनले अहिले दुई तिहाइका नाममा संविधान संशोधनको विषय ल्याउन खोजिएको उल्लेख गर्दै संविधान संशोधनका नाममा समावेशी, समानुपातिक व्यवस्थामा घात हुन्छ कि भन्ने शंका पैदा भएको बताए ।

उनले भने, ‘उहाँहरु संविधानमा माओवादी देख्नुहुन्छ । समावेशी भने पनि माओवादी, समानुपातिक भने पनि माओवादी, दलित, महिला मुस्लिम भने पनि माओवादी, गणतन्त्र भने पनि माओवादी, अहिले दुई तिहाइ भनेर संविधान संशोधन गर्ने कुरा ल्याउनुभएको छ । परिवर्तनका एजेण्डा जति माओवादीका भएकाले माओवादीलाई देखाइदिने नाममा जनतामाथि नै घात गर्ने खतरा आए हामी सडकबाट प्रतिवाद गर्नेछौं ।’

दुई ठूला पार्टी डराएर मिलेको टिप्पणी गर्दै संसदीय अभ्यासमा पहिलो र दोस्रो ठूलो पार्टी मिल्ने अभ्यास कहीँ नभएको पनि उनको भनाई छ ।

उनले भने, ‘दुई ठूला पार्टी मिल्न नहुने हो तर भ्रष्टाचारविरोधी अभियानका कारण गराएर उहाँहरुले गर्न नहुने काम गर्नुभएको छ । उहाँहरुले भन्ने गरेको संसदीय व्यवस्थामा पहिलो र दोस्रो पार्टी कतै मिल्दैनन् । काँग्रेस आइ र बिजेपी मिलेर सरकार बनाउने कुरा चल्छ त इण्डियामा ? बेलायत, अमेरिका कतै यस्तो देखिदैन ।’

उनले वर्तमान सरकार निर्माणमा माफियाको भूमिका रहेको उल्लेख गर्दै सरकार निर्माण हुनुअघि वार्ता, सहमति कहाँ र कसका घरमा भए भन्ने विषयले पनि सरकार निर्माणमा विचौलियाको भूमिका के छ भनेर प्रष्ट देखिने बताए ।

उनले पार्टी फुट र विवाद हल्ला निराधार रहेको स्पष्ट गर्दै बरु विगतमा विभाजन भएका माओवादी पार्टीहरुसँग एकताको तयारी भइरहेको बताए ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
mist
15° _ 15°
100%
1 km/h
बिहि
25 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ