आईसीसी टी–२० विश्वकप : भारतको लगातार दोस्रो जित, पाकिस्तान ६ रनले पराजित

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

अमेरिका – भारतले आईसीसी टी–२० विश्वकप २०२४ मा पाकिस्तानलाई ६ रनले हराएको छ । समूह ए मा भारतले लगातार दोस्रो जित हात पारेको हो ।

१२० रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाउदै ११३ रन बनायो । पाकिस्तानका मोहम्मद रिजवानले ४४ बलमा १ चौका र १ छक्कासहित ३१ रन बनाए । बाबर आजम, उस्मान खान र फखार जमानले १३–१३ रन जोडे ।

सादब खान ४ र इफ्तिखर अहमदले ५ रन बनाए । नसिम साहले ४ बलमा २ चौकासहित १० रन बनाए । पाकिस्तानले अन्तिम २४ बलमा ३५ रन बनाउन नसक्दा पराजित भएको हो । भारतका जस्प्रित बुमराहले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । हार्दिक पान्ड्याले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए ।

अक्षर पटेलले १ विकेट लिए ।त्यसअघि न्यूयोर्कमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत १९ ओभरमा ११९ रनमा अल आउट भएको थियो । भारतका विकेटकिपर ऋषभ पन्तले ३१ बलमा ६ चौकासहित सर्वाधिक ४२ रन बनाए ।

भारतका रोहित शर्मा १३, विराट कोहली ४, अक्षर पटेल २०, सूर्यकुमार यादव र हार्दिक पान्ड्या ७–७ रनमा आउट भए ।

एक समय भारत ११.१ ओभरमा ८९–३ भएपनि त्यसपछि लगातार विकेट गुमाएको थियो । पाकिस्तानका नसिम साहले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । हरिस रौफले ३ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । मोहम्मद आमिरले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए ।

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
63%
3 km/h
शुक्र
14 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ