आईसीसी टी-२० विश्वकप: नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाल आईसीसी टी-२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । योसँगै नेपालको सुपर-८ यात्रा पनि समाप्त भएको छ ।

नेपाललाई जितको लागि अन्तिम ओभरमा ८ रन चाहिएको थियो । गुलशनले तेस्रो बलमा चौको र चौथो बलमा दुई रन बटुलेका थिए ।दुई बलमा दुई रन चाहिएको थियो ।

गुलशन झालाई ओटनिल बार्टमानले डट राखे । अन्तिम बल मिस गरेका गुलशन नन स्ट्राइकमा रन आउट भए ।११६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनायो । नेपालका ओपनर आसिफ शेखले ४९ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४२ रन बनाए ।

नेपाललाई ओपनर कुशल भुर्तेल र आसिफ शेखले ७.२ ओभरमा ३४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । कुशल भुर्तेल २१ बलमा १ चौका र १ छक्कासहित १३ रनमा आउट भए । रोहित पौडेल शून्यमा बोल्ड आउट भए ।

अनिल साह २४ बलमा ३ चौका र १ छक्कासहित २७ रनमा क्याच आउट भए । तेस्रो विकेटका लागि आसिफ र अनिलले ३६ बलमा ५० रनको साझेदारी गरेका थिए । दीपेन्द्र ६ रनमा आउट भए ।

सोमपाल कामी ८ र गुलशन झाले ६ रन बनाए । दक्षिण अफ्रिका तबरेज शाम्सीले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए । त्यसअघि सेन्ट भिन्सेन्टमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनाएको थियो ।

ओपनर रिजा हेन्ड्रिक्सले ४९ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४३ रन बनाएका थिए । नेपालको उत्कृष्ट स्पिन बलिङ आक्रामण सामु दक्षिण अफ्रिकाका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

ओपनर क्विन्टन डि कक १०, एडेन माक्ररम १५, हेनरिक क्लासेन ३, डेविड मिलर ७ र ट्रिस्टन स्टब्सले २७ रन बनाए । नेपालका कुशल भुर्तेलले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
drizzle
14° _ 14°
100%
1 km/h
आइत
22 °C
सोम
25 °C
मंगल
26 °C
बुध
27 °C
बिहि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ