काठमाडौँ। आइसिसी टी-२० विश्वकपको तेस्रो खेलमा टेष्ट राष्ट्र दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ ।
वेष्ट इन्डिजको किङ्स टाउवनमा टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय १५ रन बनाएको हो ।
कुशल भुर्तेलले सर्वाधिक चार तथा दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । दक्षिण अफ्रिकाका लागि रिजा हेन्ड्रिकले सर्वाधिक ४३ रन बनाए । ट्रिस्टान स्टब्सले २७ रन जोडे ।
समूह डी मा दक्षिण अफ्रिकाले अघिल्ला तीनै खेल जितेको छ । नेपाल आजको खेल जित्दै सुपर ८ सम्भावना कायम राख्ने योजनामा छ ।
Recent Visitors: 1
तपाईको प्रतिक्रिया के छ?
+1
+1
+1
+1
+1
+1
+1