‘मौद्रिक नीतिमा प्रधानमन्त्री र अर्थमन्त्रीसँग वैचारिक निकटताले काम गर्यो

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले आफूसँग वैचारिक निकटता भएका प्रधानमन्त्री र अर्थमन्त्री सरकारमा आएका कारण गभर्नरले खुकुलो नीति लिएको बताएका छन् ।

बिहीबार अर्थ समितिको बैठकमा उनले गभर्नरले  आफ्नो बाटोभन्दा विपरित गएर खुकुलो नीति ल्याएको बताएका हुन् ।

उनले भने, ‘विगत शेरवहादुर देउवाको नेतृत्वको सरकारलाई गभर्नरले साथ दिनु भएन । प्रचण्डको सरकारलाई पनि गभर्नरले साथ दिनु भएन । अहिले आफूसँग वैचारिक निकटता भएको प्रधानमन्त्री र अर्थमन्त्री आउनासाथ उहाँले अलिकति खुकुलो गर्नुभयो । आफ्नो बाटोभन्दा विपरित खुकुलो नीति ल्याउनुभयो । यस्ता कुरामा जनताको प्रतिनिधि खुलेर बोल्नुपर्छ ।’

यसको साथै उनले समग्रमा वित्तिय नीति र मौद्रिक नीतिको तालमेल मिलेको पनि बताए । उनले राज्यको निकायमा बसिसकेपछि जुनसुकै पृष्टभूमिको भएपनि जनता र राष्ट्रको बारेमा सोचेर काम गर्नुपर्ने भन्दै इगो लिएर काम गर्न नसक्ने बताए ।

यसको साथै उनले कुनै चलखेल र लेनदेनविना काम गर्ने राम्रो र योग्य व्यक्तिलाई बोर्डको नेतृत्वमा ल्याउनुपर्ने बताए ।

उनले भने, ‘धितोपत्र बोर्डमा प्रोफेसनल र नेतृत्वका विषयमा धेरै कर्पोरेट हाउसले चासो राखेका छन् । मुख्य चासो नियामक र राम्रो नेतृत्व होस भन्ने छ । फेयर र असल मान्छे आउनुपर्यो । गठबन्धनले राम्रो नेतृत्व ल्याउनु पर्छ । धितोपत्र बोर्डको अध्यक्ष राम्रो होस र नियमन गर्न सकोस । कुनै लेनदेन गर्ने खालको नहोस ।’

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
63%
3 km/h
शुक्र
14 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ