उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नियुक्तिबारे प्रधानमन्त्रीले जवाफ नदिए कांग्रेसले संसदको वेल घेर्ने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ — उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नियुक्तिबारे प्रधानमन्त्रीको जवाफ माग्दै कांग्रेसले प्रतिनिधिसभाको वेल घेर्न बाध्य नपार्न चेतावनी दिएको छ । पटक—पटक जवाफको माग गर्दा पनि प्रधानमन्त्री सदनमा उपस्थित नभएको भन्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रतिनिधिसभाको वेल घेराउ गर्ने चेतावनी दिनुभएको हो ।


बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भन्नुभयो, प्रतिपक्ष उभिएको अवस्थामा संसद् अवरुद्ध हुन्छ । प्रतिपक्ष उभिएको बेला सदन अवरुद्ध मानिन्छ । प्रतिपक्ष उभिएपछि भाषण भूषण हुन शोभनीय मानिदैन ।

बजेटसम्बन्धि विषयमा सदन रोक्न चाहन्नौं । प्रमुख सचेतक लेखकले कुनै मन्त्री अनुसन्धानको दायरामा छ, भने त्यस्तो मन्त्रीलाई पदमा बस्ने हक नहुने मान्यता स्थापित भएको बताउनुभयो ।

आजपनि माननीय मन्त्री अनुसन्धानको घेरामा हुनुहुन्छ । प्रधानमन्त्री जवाफ दिने अवस्थामा आउँदै आउनुहुन्न । के प्रतिपक्षलाई सत्ताले वेलमै बोलाएको हो । वेलमै बोलाएको हो भने बाध्य नपारियोस्ु प्रमुख सचेतक लेखकले भन्नुभयो । कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
scattered clouds
22° _ 22°
28%
5 km/h
मंगल
24 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
27 °C
शनि
18 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ