धेरै पटक आउँने गरे नजराना बनाएर

संवाददाता
3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने

१) धेरै पटक आउँने गरे नजराना बनाएर

भेटन आउँने सन्देश लिई बहाना बनाएर

धेरै खुसि तिम्रा भए दु:ख भरि मेरा

बाँकि खुसि तिर्न मन छ हर्जाना बनाएर

जिन्दगिमा खुसि बाहेक के दिन सक्थे र

दिन मन छ यो मुटुको तानाबाना बनाएर

सुरा अनि सुन्दरिमा लिप्त भए छोराछोरी

तिम्रा सन्तान खुसि राख्नु घराना बनाएर

कलम बनी लेख्नु तिमि अजर अमर बन्नु

डायरि भित्र राख्नु मलाई पाना बनाएर!

२) कोहीलाई जापान छ कसैलाई अस्ट्रेलिया छ।

बहिनीको घरबार भएदेखि दाजु मलेसिया छ।

आफुले पढ्न सकिएन त्यो बेला के गराैँ 

त्यसकारण आमाको मन पनि छियाछिया छ।

रामायण पढ्दापढ्दै बा को जिन्दगी सकियो।

छोरालाई विश्राम दिने आजभोलि चिया छ।

विश्वास लागेपछि माया गासिएको हो।

धड्कन पनि त तिम्रो मुटुभित्र अधिया छ।

थोरै रहर धेरै बाध्यता लिएर बाँचेकालाई

जिन्दगी काट्ने सफर नै एउटा तकिया छ।

३) तिमी सीता म राम कहिले हुने हो

बिवाह भरि हाम्रो नाम कहिले हुने हो

अलिकति रिसाउँला म अलिकति तिमी

कोठाभित्रै चक्काजाम कहिले हुने हो

तिमी भदाै मन पराउली म भने असार

आकास भरि घामै घाम कहिले हुने हो

धर्म गर्नुपर्छ भन्छन धर्मात्मा र बिद्धानहरु

तिम्रो मेरो चारधाम कहिले हुने हो

तिमी छोरी म जुवाई ससुराली जाँदा 

मेजमानिको रमझम कहिले हुने हो

४) फेरि पनि प्रस्ताव माग्छे मंसिर गएपछी

घरिघरि भेट्न डाक्छे मंसिर गएपछी

म छु मध्यपश्चिमतिर उसको टुङ्गो छैन

टेलिफोनमा माया राख्छे मंसिर गएपछी

चासो बढ्न थाल्यो भन्छे हाम्रो जिन्दगीको

रातैभरि जागा जाग्छे मंसिर गएपछी

भरे माग्न आउछु घरमा राजिखुसि हुन्छ्याै

पछेउरिले मुख ढाक्छे मंसिर गएपछी

आज भोलि बिहे गर्ने रहर छ रे उसलाईन

सालु ती आँखा  ताक्छे मंसिर गएपछी

५) भित्रै बाट सताउँछ बा को सम्झनाले

किन यति अताउँछ बा को सम्झनाले

प्राय दिनमा खानु छैन सुत्नु छैन राति

ज्वरो आई तताउँछ बा को सम्झनाले

शत्रु पनि मित्र बन्छ राम्रो संगत भए

मुटु झन भतभताउछ बा को सम्झनाले

कति महिना बर्षाै बर्ष बिताएर गए

बोली पनि पताउँछ बा को सम्झनाले

छोराको मन ढुङ्गामाटो बा को छोरा माथि

मनोद जब मताउँछ बा को सम्झनाले

६) प्राय पिरहरुको महोत्सव लगाउँछु

अभागि तक्दिरहरुको महोत्सव लगाउँछु

प्रेमि आयोजक भएर खटिने तयारि छ

प्रेमिकाका तस्बिरहरूको महोत्सव लगाउँछु

पुराना इतिहास पढेर रेकर्ड राखेर

धोकेबाज बिरहरुको महोत्सव लगाउँछु

तिम्रा तिखा वचनले प्रचार बढाएको छ

मनोदले पनि शिरहरुको महोत्सव लगाउँछु

हिड अब सँगसँगै जङ्गलमा जाउँ

चराका चिरबिर आवाजको महोत्सव लगाउछु

७) गुलाब नै दिइन्छ किन प्रेमिकालाई 

बुझे मैले बुझाउँन सकिन प्रेमिकालाई

माया गर्ने, मन दिने, मुटु दिनेहरुले

पर्ख, हेर अनि चिन प्रेमिकालाई

हातकाटेर उसको नाम लेख्नेहरुले

घात गरेपछी पर्दैन सम्झिन प्रेमिकालाई

पहिला भरि माया गर्दा के के भन्थि भन्थी

हजुरले चै सुझाव दिनु सचिन प्रेमिकाला

गुलाब हैन, बेली हैन, चमेली नी हैन

मनोद आउछ गुराँस बोकि लिन प्रेमिकालाई

– मनोद शर्मा  ( भाबुक )

चाैरजहारि न पा १२ रुकुम पश्चिम सानाखोला

हाल नलगाड न पा जाजरकोट

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
mist
19° _ 19°
72%
2 km/h
आइत
24 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ