वैधानिक तरिकाले भारत लैजादै गरेका ६ वटा गाई नियन्त्रणमा

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रौतहट  ।  रौतहट प्रहरीले नेपालबाट भारत तर्फ लैजादै गरेको गाईलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यलय रौतहटबाट खटिएको गस्ती टोलीले राजपुर नगरपालिक वडा न ३ फतुवाबाट ६ वटा गाई नियन्त्रणमा लिएको हो ।

नेपालबाट अबैध रूपमा गाई भारत तर्फ लैजादै गरेको अवस्थामा नियन्त्रणमा लिएको  रौतहट प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले बताए ।

उनका अनुसार प्रहरी टोलिलाई देख्नसाथ तस्करहरु भागेका हुन् । प्रहरीले  नियन्त्रणमा लिएको गाईलाई गौर भन्सार कार्यलयमा बुझाएको छ ।

भारतबाट नेपालमा वा नेपालबाट भारत वैधानिक तरिकाले पशुचौपाय लैजादा क्वारेन्टाईनमा परिक्षण गरी स्वस्थ रहेमा मात्र लान पाउने नियम छ ।

वैधानिक तरिकाले ल्याउँदा प्रक्रिया झन्झटिलो हुने भएकाले  सीमा क्षेत्रमा पशुचौपाय अवैध तस्करी हुने गरेको स्थानियहरु बताउँछन् । नेपाल भारत सीमा नाकामा प्रहरी तथा सशस्त्र प्रहरी तैनाथ रहेका कारण तस्करहरु पशुचौपाय छोडेर भाग्ने गरेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
broken clouds
17° _ 17°
63%
4 km/h
शुक्र
15 °C
शनि
23 °C
आइत
24 °C
सोम
26 °C
मंगल
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ