इलाममा २५ हजार मतगणना,सुहाङको अग्रता थप बढ्दै

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

इलाम । इलाममा २५ हजार ४५१ मतगणना भएको छ । इलामको फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ १, २, ३, ४ को गणना सम्पन्न भएको हो ।

पछिल्लो परिणाम अनुसार नेकपा (एमाले)का सुहाङ नेम्वाङले तीन हजार ३५७ मतले अग्रता कायम गर्नुभएको छ ।

नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले सात हजार ६२ मत प्राप्त गर्नुभएको छ ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले पाँच हजार ७५३ मत प्राप्त गर्नुभएको छ, भने रास्वपाका मिलनकुमार योङहाङ लिम्बूले एक हजार ४५१ मत ल्याउनुभएको छ ।

अहिलेसम्मको मतगणनामा २६१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसपटक इलाम– २ मा ६९ हजार २८७ मत खसेको थियो ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
100%
2 km/h
शनि
16 °C
आइत
23 °C
सोम
24 °C
मंगल
25 °C
बुध
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ