हरितालिका तिज
सत्ययुगमा दक्ष प्रजापतिकी जेठि छोरी सत्यदेबी को बिहे बिष्णूले छलगरि शिव सँग बिवाह गरिदिए । शिवसँग बिहे भएको दक्षलाई चित्त बुझेको थिएन । दक्षले शिव लाई निन्दा गर्ने काम गरिरहन्थ्यो ।उता कैलासमा शिव र सत्यदेबी शिव स्वरुप भएर बस्न थाले । केहि समय पछी सत्यदेबिको माईतिघरमा धुनधानका साथ यज्ञ गर्ने निर्णय भयो । उत्तम साइत जुरायर महादेब र सत्यदेवी बाहेक सबै लाई निमन्त्रणा गरे तर शिब सत्यदेवी गरेन्न । साइतको दिन पनि आयो यज्ञको दिन यज्ञमा सबै देबि देवता आयको नारदले देखे तर शिव ,सत्यदेवीलाइ नदेखेपछी नारद कैलास पर्वत पुगेर सबैकुरा सुनाइदिए ।नारदको मुखबाट खवर सुन्न साथ सत्यदेबी हतपत पिर मान्दै शिब सँग बिदा मागेर दक्षको घरमा पुगिन । दक्षको घरमा विष्णु ,ईन्द्र ुबरुण ,अग्नि देवता बिराजमान् थिए त्यँहि बिचमा सत्यदेबिले दक्षलाई नमस्कार गर्दै भनिन् बाबा सबैलाईलाइ बोलाउनु भयो तर हामि दुईलाइ किन बोलाउनू भयन भनेर सोधिन त्यो कुरा सुनेर दक्षले तेरो श्रीमान् के देवता होर? त्यो त बहुला हो भन्दै अनेक निन्दाँ गर्याे अन्य देवतालाई मान्य तर शिवलाई नमान्ने भन्दै धेरै गालि गर्याे। पतिलाई गालि गरेको पिडा सहन नसकेर यज्ञकुन्डमा हाम फालेर प्राण त्याग गरिन र हिमालय पर्वत की श्रीमति मेनकाको गर्भमा रहन गईन ।
मेनका गर्भबती भईन दश महिना पुग्यो बत्तिस लक्षणले युत्त कन्या जन्मिन हिमालयले सुदिनमा लग्नहेरी ऋषिमूनी बोलाई न्वारन गरे ।त्यसदिन न्वारनमा आउने बिद्द्वान ,ज्योतिष लगाय ले नाम पार्वती राख्दै त्रिलोकमा प्रख्यात हुनेछिन र महादेब स्वामि पाउनेछिन भनि भबिष्यवानी गरीदिय ।
अव पार्वती बिस्तारै ठुली हुदै गइन खेल खेल्न थालिन खेल खेल्दापनी शिबलिङ्ग बनाएर खेल्ने थालिन पार्वतीलाई ठुलिभएको देखेर हिमालय र मेनकालाई अब पार्बती बिहे गर्ने उमेर भयो भनेर गूरु बृस्पतीलाई सुनाय गूरु बृस्पती ले पार्वतीको बिहे भगवान विष्णू सँग गरिदिन सल्लाह दिए र यो कुरा लियर गूरु विष्णू कहाँ गए सबैकुरा बेलिबिस्तार गरे ।
विष्णूपनी राजी भए यता हिमालयको घरमा पार्वतीको बिहेको धुनधान तयारी हुन थाल्यो लगनको दिन पनी आउनै लाग्यो ।एक दिन पार्वती साथीसँग गफ गर्ने क्रममा उनिका साथी बिजया,अपराजिता ले तिम्रो बिहे भगवान विष्णू सँग हुदैछ भनेर सुनाइन।यो कुरा सुनेर पार्वती अत्यन्त दुखि हुदै भन्न थालिन मैले सानै देखि भगवान शिव स्वामि पाँउ भन्ने छ यदि बा आमाले विष्णूसँग गरिदिए आत्म हत्या गर्ने छु । यस्तो बचन सुनेपछि उनिका साथिहरुले भने त्यसो भय तिमिलाई हामिले कसैले नदेख्ने गरी लुकाउँछौ ।साथिको सललाह अनुसार पार्वती भागेर कसैले नभेट्ने गरी साथिको साहारामा लुकिन पार्वतीले लुकेको ठाँउमा माटोको शिवलिङग बनाइ पूजा गर्न थालिन । त्यहीँ शिव लिङगबाट महादेब प्रकट भई भन्नु भयो वर माग त्यसै बखत पार्वतीले भनिन् मैले सानैदेखि हजुरलाई नै स्वामी पाँउ भनी सँङकल्प लिएकी छु यही वर पाँउ ।यस्तो बचन सुनेर महादेबले भन्नु भयो तिम्रो बुवा आमाको इच्छाबिना मैले तिमिलाई आफ्नो भन्न मिल्दैन विष्णु आई जे जे भन्छन त्यहीँ गर्नु भनि अन्र्तरध्यान हुनुभयो ।
यता घरमा लगनको दिन आइसक्यो हिमालयले छोरीलाई कतैपनी नदेखेपछी विष्णुकहाँ गई सबै बेलीबिस्तार गरे। केहीदिन पछी पार्वती घरमा आइन पार्वतीलाई देखेर हिमालय रिसाउदै कहाँ गएकी थियौ भनेर हकारे । पार्वतीले रुँदै भनिन् मैले सानैदेखी महादेव स्वामी पाँउ भन्दै बसेको र हजुरले विष्णु सँग बिहे गरिदिने खोजेको थाह पाई लुक्न गएको बताइन । यो कुरा सुनेर हिमालय पर्वत न्वारनको दिन ज्योतिषको कुरा सम्झी चुप्प लागे ।
पार्वतीले महादेव स्वामी पाउन तनमनका साथ पबित्र मनले कुनै भोक, तिर्खा नभनि विष्णु अर्थात श्रीहरीको ध्यान गर्न थालिन भगवान श्रीहरी अर्थात विष्णु प्रशन्न भई प्रकट हुनुभयो ।विष्णु अर्थात हरीलाई पार्वतीले षोडषोपचारले पुजा गरिन र भनिन् पार्वतीले आफु जँगलमा लुग्न गएको बेला महादेब स्वयम प्रकट भई आफुलाइ भनेका ेसबै कुरा सुनाइन ।यो कुरा सुनी श्रीहरी अर्थाृत विष्णुले बिधी पुर्बक श्रीस्वस्थानी बर्त बस्नु जस्को प्रभावले तिम्रो मनोकामना पूरा होला भनी सबै बिधि,सम्राग्री ,उचित उत्तम साइत समेत बताइ अन्र्तरध्यान हुनु भयो।
यसरी सबै कुराको अध्ययन गर्दा हरितालिका तिजभनेको ,
महादेव स्वामि पाउन पार्वतीले श्रीहरीको कठोर ध्यान,तपस्या,षोडषोपचार पूजा गरेको र श्रीहरीले दर्शन दिएको समय अवधिलाई हरितालिका तिज भन्न सकिन्छ ।
आधुनिक समयको हिसाबले हेर्दा आफ्नो ईच्छा बमोजिम ,आफुले रोजेको वर सँग बिवाह गर्न चेलिको बिद्रोह भन्ने हुन्छ । मायामा त्याग, धैर्यता,सहनसिलता ,कर्म गर्ने मान्छेले भेटाएर नै छोड्न हिम्मत गर्न सक्छन भन्ने अर्थ हुन्छ ।
महिलाको आफ्नो इच्छा अनुसार ,आफुले रोजेको वर सँग बिहे गर्न पाउनु पर्छ तन मन र धैर्य गर्न सकेमा अवश्य बिजय हुन सकिन्छ सच्चा मनले चाहेमा माहादेब जस्ता भगवान पनी पाँउन सक्ने अथवा बिहेको लागि महिलाको पनी इच्छा हुनुपर्छ भनेर गरेको पहिलो महिलाको बिद्रोह मान्न सकिन्छ ।
पार्वतीले शिव स्वामि पाउन गरेको र उनिले महादेव स्वामि पाएको कुरा ऋषिहरुले उपयुत्त दिन ,बिधि चाहिने सामाग्री र यस्को महत्व को प्रचार प्रसार गरेपछि हिन्दु समाजमा भाद्र शुक्ल तृतियाको दिन पानी समेत नखाई वर्त बस्ने चलन चलेको पाइन्छ ।
खासगरी नेपालमा छोरीको बिहे आमा बुवाको इच्छा अनुसार छोरीलाई छोरीसँग बिहे हुने केटाको अनुहार नै नदेखी बिहे गरीदिने प्रचलन थियो अहिले पनी ब्राह्मण समुदायमा बा आमाको ईच्छा बिना बिहे नगर्ने चलन रहेको पाइन्छ ।
छोरीको बिहे टाढा गरीदिएको फेरी नदेखेको केटासँग बिहे भएको कोहीलाइ त धेरै उमेर छिपिएको श्रीमान पनी फेला पर्दथ्यो र ,हिउँद समयमा बिहे हुने जब बर्षा लाग्दथ्यो खोलाहरु बढेर तर्न नसकेर माइतिघर भेट्न नसक्ने अवस्ता हुन्थ्यो । कोहीलाई त झन खर्सु काट्ने ,घर ब्यबहार हेर्दा माईति घरमा आमा ,बा, दाई, भाउजु,सँग भेटै हुन्नथ्यो । चेलीहरु आफ्नो घरमा ब्यस्त तिजको अवसर पारेर माईतिघरमा आउने सबै दिदि बहिनी बसेर दुख सुख्खका कुरा गर्ने गित मार्फत आफ्नो घर,आफ्नो ठाँउ, ससुरा, सासु,श्रीमान,नन्द, आमाजु, जेठाजु,देवर को राम्रो नराम्रो क्रियाकलाप बारे बेदना पोख्ने गरिन्थ्यो। जस्तै छुच्ची सासुको नराम्रो ब्यबहारलाइ गितबाट यसरी बेदना पोखिन्थ्योः
आज मैले घाँसै काँटे नौ पुला गनेर
सासुले ओराँइन अल्तै भनेर ।
त्यसैगरी माइती घरमा कोही चेलीको आमा बितिसकेको भाउजुले राम्रो नमान्ने खालको भाउजुलाइ आधार बनायर त्यहिँदिन पारेर गित स्वरुप बिलौना मार्फत बिरोध गरिन्छ जस्तै
पहिला पहिला आमाले भन्नु हुन्थ्यो आउन आउ
आज भाउजु भन्नुहुन्छ छिटो घर जाउ,
आफुलाई मन नपरेको ठाँउ मा बिहे गरिदिदाँ दुर्गम ठाँउमा बिहे गरिदियपछी वा चाहेको ठाँउमा बिहे नगरी दिएको खण्डमा बा,दाइको यसरी गित मार्फत बिरोध गर्दछिन ।
माथिबाट सुगाचरी झर्याे बरिलै हरियो धान खान
हाम्रा बाबाले छोरि दिन जानेन्न बरिलै दाङ छोडि प्यूठान ।
त्यसै गरी बीचमा खोला पर्ने गरि खोलापारि बिहे भएकी चेलीले तिजको दिन आफु बर्षाको समय खोला तर्न नसकेर अथवा पुलको अभाव भयर माईति घर आउन नसकेको कुरा गित मार्फत
सानु सानु काँकरीको बिरुवा टिपन सकिन खाँईन बरिलै
भेरि पारि दिनुभयो बाबाले तरनै सकिन आँईन बरिलै ।
फेरी घाँस दाउरा मेलापात गोठालो जाँदा कोही कसैसँग हिम चिम भएको ब्यत्ति भेटिएमा तिजमा रमाइलो पारामा गाउने पनि चलन छ जस्तै
सानो सानो काँकरीको बिरुवा सिमसिम पानिमा सारम बरिलै
तिम्रो हाम्रो माया प्रिम बस्यो अलिअलि गरेर मारम बरिलै
तिजमा लँैङिगक समान्ता खोज्न सिकाउने पर्व पनि हो त्यसैले त गित मार्फत यसरी अधिकार खोजिन्छ ।
दश भाइ छोरा भए पनि यहिँ घरमा अटाउने
म यक्लि छोीरलाइ डाँडै कटाउने
म पनि छोरा भए खाँन्थे अँश चिरेर
रुदै रुदै जानु पर्छ झोली भिरेर ।
यसरी सबै कोणबाट हेर्दा तिज हिन्दु दिदिबहिनिको महान पर्व हो यसै दिन आफ्ना श्रीमान ,सासुससुरा ,नन्द,भाउजु,देवर घर का ब्यत्ति को सकरात्मक र नकरात्मक तरिकाले बेदना,खुशि पोख्ने पर्वको रुपमा बुझ्न सकिन्छ ।
सत्य युगमा पार्वतीले शुरु गरेको चलनको अहिलेको नारी बर्गले पनि अनुसरण गर्नु। बिज्ञान र स्वास्थ्यको हिसाबले पनि सकरात्मक शन्देस नै दिन्छ ।
पुरुष र नारिलाई प्रतिब्रता एँव पत्नीब्रता रहन सिकाउछ जसले यौन रोगबाट बचाउछ र श्रीमान श्रीमती बिचको सँबन्ध बलियो बनाउँछ। श्रीमान श्रीमति एक रथका दूई पाँङग्रा हुनु पर्छ भन्ने सिकाउछ । विहे एकजनासँग हुनुपर्छ अथवा बहुबिाहको बिरोध गर्दछ । जस्ले समाज हुन सक्ने अबैध सम्बन्ध राख्न हुन्न भन्न सिकाउछ । अर्काको श्रीमान,श्रीमति जिस्काउनु हुन्न भन्ने सिकाउछ यसको पालना गरेमा मात्र धेरै हत्या हिँसाका घटना कम हुन सक्छन ।
आधुनिक समयमा तिजको वारेमा नयाँ पुस्तालाइ बुझाउन नसक्दा केहि बिकृति बढिरहेको पाइन्छ । तिजको दर खानेको नाममा धेरै खर्च गर्ने ,मादक पदार्थ सेवन गर्ने ,छाडा गित गाउने ,महादेवले गाँजा खान्थे भन्दै गाँजा खाने ,अर्नगल प्रचार प्रसार गर्ने ब्रत बस्दा रोगि भैईन्छ त्यसको लागि मासु खायर ब्रत बस्ने ,श्रीमानको गोडा धुनु हुन्न श्रीमतिको धुनुपर्छ भन्दै अर्काको सँस्कारमाथि प्रहार गर्ने कुराको बढोत्तरि गरेको पाईन्छ ।
अन्त्यमा हरितालिका तिजको अर्थ ,महिमा,महत्व अबको नयाँ पिडिलाइ यस्का सकरात्मक पक्षहरु यथावत राख्दै नकरात्मक पक्षलाई परिमार्जन गरी बुझाउन सकेमा मात्र सँस्कृतिको रुपमा हिन्दु नारीको महान पर्वको रुपमा संरक्षण हुनेछ ।