नेपाली कथा, थाई पर्दा — ‘गाउँ आउने बाटो’ बैंककमा ऐतिहासिक प्रदर्शनको तयारीमा

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

बैंकक, थाइल्याण्ड | नेपाली फिल्म उद्योगको एक ऐतिहासिक क्षणको साक्षी बन्न बैंकक तयार हुँदैछ, जहाँ पहिलो पटक नेपाली चलचित्र थाई सबटाइटलसहित थाइल्याण्डमा प्रदर्शन हुन गइरहेको छ। बहुचर्चित नेपाली फिल्म ‘गाउँ आउने बाटो (A Road to a Village)’ को बैंकक स्क्रिनिङ २८ मार्च २०२५, शुक्रवार बाट सुरु हुनेछ।

चलचित्रको प्रदर्शन स्थान House Samyan, 5th Floor, Samyan Mitrtown, Bangkok मा तय गरिएको छ। पहिलो शो बिहान १०:०० बजे सुरु हुनेछ भने त्यसपछि लगातार सात दिनसम्म विभिन्न समयमा स्क्रिनिङ गरिनेछ।

SHOWTIMES (Screening Schedule):

शुक्रबार, २८ मार्च
१०:००, १३:४०, १७:१५, २०:५५
शनिबार, २९ मार्च
१०:००, १४:२०, १८:००, २२:२०
आइतबार, ३० मार्च
१०:००, १३:४०, १७:१५, २०:५५
सोमबार, ३१ मार्च
१०:००, १४:००, १६:५५, २१:४०
मंगलबार, १ अप्रिल
१०:००, १४:२०, १८:००, २२:२०
बुधबार, २ अप्रिल
१०:००, १४:००, १६:५५, २१:४०

टिकट मूल्य

🎟️ १६० Thai Baht
टिकट बुकिङका लागि QR कोड स्क्यान गर्न सकिनेछ।

‘गाउँ आउने बाटो’ नेपाली ग्रामीण जीवन, परम्परा, संघर्ष र परिवर्तनको कथा बोकेको फिल्म हो। दयाहाङ राई, पशुपति राई र प्रशान्त राईको सशक्त अभिनय रहेको चलचित्रमा, निर्देशक नबिन सुब्बाले गाउँमा बाटो बनेपछि जीवनमा आइपर्ने परिवर्तनलाई गहिरो तरिकाले प्रस्तुत गरेका छन्।

यस चलचित्रले Toronto, Busan, Göteborg, र São Paulo लगायतका प्रमुख अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा प्रदर्शन भइसकेको छ।

थाई सबटाइटलसहित थाइल्याण्डमा पहिलो पटक नेपाली फिल्म प्रदर्शन हुन गइरहेकोले, यो प्रदर्शनले नेपाली सिनेमा र नेपाली समुदायलाई अन्तर्राष्ट्रिय मञ्चमा थप उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

सेयर: 44
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
5
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
mist
14° _ 14°
100%
2 km/h
मंगल
23 °C
बुध
24 °C
बिहि
23 °C
शुक्र
25 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ