सुर्खेत र सल्यानमा ३८.९ प्रतिशत नागरिकमा कान कम सुन्ने समस्या

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

सुर्खेत । सुर्खेत र सल्यानका ३८.९ प्रतिशत नागरिक कान कम सुन्ने समस्याले पीडित छन् । सुर्खेत र सल्यानका पाँच वर्षभन्दा माथिको उमेर समूहका ३८।९ प्रतिशत मानिसहरुमा कान कम सुन्ने समस्या देखिएको हो ।

अनुसन्धान अनुसार कर्णालीमा सुगम मानिने सुर्खेत र सल्यान जिल्लामै श्रवण शक्ति कमजोर भएका मानिसको अवस्था भयाभह छ भने अन्य दुर्गम जिल्लाका नागरिक झनै पीडामा छन् भन्ने पृष्टि गर्दछ । नेपालमै पहिलो पटक कर्णाली प्रदेशका सुर्खेत र सल्यानमा गरिएको श्रवण क्षमता ह्रासको व्यापकता र कारणहरुको अध्ययन (२०२४) ले यहाँका नागरिकहरुको श्रवण क्षमताको अवस्था पत्ता लागेको हो ।

जर्मन सहयोगमा सिबिएम नेपालले गरेको यस अनुसन्धानले सर्खेत र सल्यानका अधिकांश मानिसमा विभिन्न कारणले श्रवण क्षमता ह्रास हुँदै गएको देखाउँछ । नेपाल नेत्रज्योति सङ्घ एकीकृत आँखा, कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशको आयोजनामा श्रवण क्षमता ह्रासको व्यापकता र कारणहरुको अध्ययन नतिजा सार्वजनिक गरिएको हो ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
few clouds
16° _ 16°
67%
5 km/h
बिहि
14 °C
शुक्र
22 °C
शनि
22 °C
आइत
22 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ