अन्तर्राष्ट्रिय टी–२० सिरिजको फाइनलमा नेपाल नेदरल्यान्ड्ससँग चार विकेटले पराजित

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ। नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको फाइनलमा नेपाल नेदरल्यान्ड्ससँग चार विकेटले पराजित भयो । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मङ्गलबार जितका लागि एक सय ८५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १९.३ओभरमा ६ विकेटको क्षतिमा एक सय ८९ रन जोड्दै लक्ष्य पूरा गरेको थियो । 

घरेलु मैदानमा नेदरल्यान्ड्सलाई हराएर उपाधि जित्ने नेपालको लक्ष्य फाइनलमा पूरा भएन । नेदरल्यान्ड्सले भने नेपाल भ्रमणलाई उपाधिसहित सुखद बनाएको छ । 

नेदरल्यान्ड्सका लागि माइकल लेभिटले ५४ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । सेवार्ट इन्जेलब्रेचले ४८, विक्रमजित सिंहले २९, म्याक्स ओडोडले २२ र टिम भान डेरले अविजित २१ रन बनाउनुभयो । 

बलिङमा नेपालका कुशल मल्लले चार विकेट लिनुभयो । अविनाश बोहरा, दीपेन्द्रसिंह ऐरीले एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो ।

नेपालका लागि आशिफ शेखले ४७ रन बाउनुभयो । गुलशन झाले ३४, कुशल मल्लले २६, कप्तान रोहित पौडेलले २५, कुशल मल्लले २५ र कुशल भुर्तेलले २० र करण केसीले नौ रन बनाउनुभयो ।

बलिङमा नेदरल्यान्ड्सका टिम भा डियर, माइकल लेविट, सेवार्ट इन्जेलब्रेच र फ्रेड कासेनले दुई दुई विकेट लिनुभयो । 

नेपालले चार खेलको सिरिजमा दुई हार र दुई जितसहित चार अङ्क जोड्दै फाइनलमा स्थान बनाएको थियो । नेदरल्यान्ड्स चार खेलबाट पाँच अङ्क जोड्दै शीर्ष टोलीको रूपमा फाइनलमा पुगेको थियो ।

तीन अङ्क बनाएको नामिबिया बाहिरिएको थियो । नेपालले आइसिसी टी–२० विश्वकपको तयारी स्वरूप घरेलु मैदानमा त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिज खेलेको हो । 

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
49%
4 km/h
शुक्र
19 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ