नेदरल्याण्ड र नेपालबिचको खेलमा दबाब सहनसक्ने टोलीले नै गेम जित्छ : कप्तान पौडेल

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेदरल्याण्ड र नेपालबिचको खेलमा दबाब सहनसक्ने टोलीले नै गेम जित्ने बताउनुभएको छ ।

विश्वकप सुरु हुनुअघि भएको प्रिम्याच कन्फ्रेन्सका क्रममा कुरा गर्नुहुँदै कप्तान पौडेलले यस्तो प्रतिक्रिया दिनुभएको हो । उहाँले विश्वकप खेल्नका लागि आफूहरु सबै उत्साहित रहेको बताउनुभयो । उहाँले १० वर्षपछि नेपालले टि २० विश्वकप खेल्न लागिरहेको भन्दै उहाँले सबैभन्दा राम्रो प्रदर्शन गर्ने बताउनुभयो ।

पौडेलले अहिलेका खेलाडीहरुको सपना आज पूरा हुन लागेको जिकिर गर्नुभयो । उहाँले पहिलो खेल जित्नु महत्त्वपूर्ण हुने भन्दै जितका लागि आफूहरु खेल्ने बताउनुभयो ।उहाँले भन्नुभयो, ‘‘हामी सबै जना उत्साहित छौँ ।

यो खेल एकदमै महत्त्वपूर्ण छ । १० वर्षपछि विश्वकप खेल्दैछाँै । नेपाल क्रिकेटका लागि यो महत्त्वपूर्ण कुरा हो । २० वटा टिम छन् । सबै टिम ब्यालेन्स र प्रतिस्पर्धी हुनुहुन्छ । नेदरल्याण्ड्ससँग धेरै खेल खेलेका पनि छौँ ।

जसले प्रेसर ह्याण्डिल गर्दछ त्यही टिमले जित्छ । हामी बेस्ट दिनेछौँ । टुर्नामेण्टमा पहिलो खेल एकदमै महत्त्वपूर्ण हुन्छ । त्यसले एउटा आत्मविश्वास दिन्छ ।’’उहाँले पहिलो खेल जितेर सबैमा आत्मविश्वास बढाउने सोच रहेको बताउनुभयो ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
9°C
Kathmandu
mist
9° _ 9°
100%
1 km/h
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ