राष्ट्रियसभा निर्वाचनमा मतदाताले आयोगले तोकेको परिचयपत्रका आधारमा मतदान गर्न सक्ने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा परिचय खुल्ने कागजातका आधारमा मतदाताको पहिचान गरी मतदान गर्ने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ ।

आयोगको आज बसेको बैठकले निर्वाचक मण्डलका सदस्यले मतदाता परिचयपत्र, नागरिकताको प्रमाणपत्र, प्रदेश सभाको सदस्य तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुखमा निर्वाचित हुँदा निर्वाचन अधिकृतबाट उपलब्ध गराइएको प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र मध्ये कुनै सक्कल प्रमाणका आधारमा मतदानमा सहभागी हुन सक्ने निर्णय गरेको आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले जानकारी दिनुभयो ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेश सभाका सदस्य, पालिकाका प्रमुख उपप्रमुख र अध्यक्ष उपाध्यक्ष रहेको निर्वाचक मण्डलद्वारा मतदान हुने कानूनी व्यवस्था छ ।

निर्वाचक मण्डलका सबै सदस्यहरूलाई निर्वाचन आयोगले तोकेका मध्ये कुनै सक्कल प्रमाण पत्र लिई मतदानमा सहभागी हुन अनुरोध गरेको छ । 

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
few clouds
20° _ 20°
64%
2 km/h
बुध
18 °C
बिहि
28 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ