वेस्ट इन्डिज ‘ए’विरुद्ध टी–२० सिरिजको दोस्रो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’विरुद्ध टी–२० सिरिजको दोस्रो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा वेस्ट इन्डिजले टस जितेर पहिले ब्याटिङ रोेजेको हो ।

नेपाल आज बलियो वेस्ट इन्डिजविरुद्ध लगातार दोस्रो जित निकाल्दै सिरिजमा २–० को अग्रता बनाउने लक्ष्यमा छ ।

यस्तै पाँच खेलको सिरिजमा वेस्ट इन्डिज पनि पहिलो जित निकाल्ने तयारीमा छ ।पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो ।

दुई टोलीबिच तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र अन्तिम खेल शनिबार हुनेछ ।

नेपालले वेस्ट इन्डिज ‘ए’ सँग आगामी जुनमा आयोजना हुने आइसिसी टी–२० विश्वकप तयारीका लागि सिरिज खेलेको हो ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
broken clouds
23° _ 23°
49%
3 km/h
बिहि
23 °C
शुक्र
25 °C
शनि
22 °C
आइत
23 °C
सोम
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ