अमेरिकामा अब म्याद सकिएको ग्रिनकार्डले ३ बर्ष काम गर्ने

सञ्जु शर्मा
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

सकिन लागेको वा सकिएको ग्रिनकार्डको नविकरणका लागि आवेदन दिएको खण्डमा म्याद सकिएको ग्रिनकार्डले पनि ३ बर्ष काम गर्ने भएको छ । सेप्टेम्बर १० देखि युएससीआईएसले ग्रिनकार्ड नविकरण वा पुनस्र्थापनका लागि आवेदन दिएका आवेदकहरुको ग्रिनकार्डको अवधि स्वत ३६ महिना थप्न सुरु गरेको छ । ग्रिनकार्डको म्याद सकिएका वा सकिन लागेका आवेदकहरुले नविकरणका लागि फर्म आई ९० फाइल गरेपछि रिसिप्टका रुपमा ग्रिनकार्डको अवधि थपिएको प्रमाण प्राप्त गर्नेछन् । विगतमा आई ९० को रिसिप्टले १२ महिनासम्ममात्र ग्रिनकार्डको म्याद थप्ने प्रावधान रहदै आएकोमा २ बर्षअगाडि सन् २०२२ को सेप्टेम्बर २६ देखि २ बर्ष म्याद थप्ने प्रावधान ल्याइएको थियो । अब उक्त अवधि ३ बर्ष बनाइएको हो । युएससीआईएसले अब आई ९० रिसिप्टको भाषा परिवर्तन गरेर ३६ महिना बनाएको छ । सेप्टेम्बर १० देखि लागु हुने गरी युएससीआईएसले पेन्डिङ रहेका नविकरण आवेदनका सन्दर्भमा पनि ३६ महिनासम्म म्याद सकिएको ग्रिनकार्डले काम गर्ने सुचनाहरु प्रिन्ट गर्न सुरु गरेको छ । उक्त रिसिप्ट म्याद सकिएको ग्रिनकार्डको साथमा पेश गरेको खण्डमा ३६ महिनासम्म म्याद सकिएको ग्रिनकार्डले पनि काम गर्नेछ । ग्रिनकार्ड नविकरण वा हराएको ग्रिनकार्ड प्राप्त गर्नमा लामो समय लागेपछि युएससीआईएसले ३६ महिनासम्म म्याद सकिएको ग्रिनकार्डले नै काम गर्ने व्यवस्था गरेको हो । यही रिसिप्ट नोटिसले ग्रिनकार्डवाहक भएको प्रमाणका रुपमा मात्र काम गर्ने नभई अमेरिकामा काम गर्नका लागि वर्क परमिटका रुपमा समेत काम गर्नेछ । साथै अमेरिकाबाहिर यात्रा गरेर अमेरिका फर्कनका लागि समेत प्रमाणका रुपमा काम गर्नेछ । तर अमेरिकाबाहिरबाट अमेरिका फर्कदा भने यो रिसिप्टका साथमा एक्सपायर भएको ग्रिनकार्ड समेत पेश गर्नुपर्नेछ । यदि कसैको पूरानो ग्रिनकार्ड हराएको छ र त्यसको साटोमा नयाँ ग्रिनकार्डका लागि दिएको आवेदन पेन्डिङ अवस्थामा छ भने आवेदकले युएससीआईएसको सम्पर्क केन्द्रमार्फत फिल्ड अफिसमा सम्पर्क गरेर अप्वाइन्टमेन्ट लिन सक्नेछन् । उक्त अप्वाइन्टमेन्टमा युएससीआईएसले ३६ महिना ग्रिनकार्डका रुपमा काम गर्ने छाप र आवश्यक कागजात उपलब्ध गराउनेछ ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
broken clouds
14° _ 14°
77%
2 km/h
शनि
12 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ