अध्यक्ष नेपालद्वारा एकीकृत समाजवादीको प्रथम गण्डकी प्रदेश अधिवेशन उद्घाटन

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

पोखरा ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को प्रथम गण्डकी प्रदेश अधिवेशन आज पोखराको सभागृहमा उद्घाटन गरिएको छ ।

‘समाजवाद प्राप्तीको लक्ष्य, गण्डकी प्रदेशको विकास र समृद्धि हाम्रो उद्देश्य’ भन्ने नाराका साथ अधिवेशनको उद्घाटन अध्यक्ष माधव कुमार नेपालले गरेका हुन् ।

उद्घाटन समारोहमा पार्टीका केन्द्रीय नेताहरू, प्रदेशस्तरीय पदाधिकारीहरू तथा प्रदेशभरका ११ वटै जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशको राजनीतिक, आर्थिक तथा सामाजिक विकासका विषयमा विभिन्न नेताहरूले आफ्नो धारणा प्रस्तुत गरे ।

अधिवेशन भोलिसम्म चल्नेछ, जसमा प्रदेश कमिटीको पुनर्गठन तथा आगामी कार्यदिशा तय गर्ने विषयमा छलफल हुनेछ ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
few clouds
14° _ 14°
67%
2 km/h
सोम
27 °C
मंगल
28 °C
बुध
29 °C
बिहि
29 °C
शुक्र
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ