अष्ट्रेलियालाई हाराउदै भारतको सेमिफाइनलको यात्रा तय, अष्ट्रेलिया सुपर ऐटबाट बाहिरिन सक्ने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने


काठमाडौं : अष्ट्रेलियालाई हराउँदै भारत आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ। गएराति भएको खेलमा अष्ट्रेलियालाई २४ रनले हराउँदै भारत सेमिफाइनलमा प्रवेश गरेको हो।
भारतले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन मात्र बनाउन सक्यो। अष्ट्रेलियाका लागि ट्राभिस हेडले ७६, कप्तान मिचेल मार्शले ३७, ग्लेन म्याक्सवेलले २०, टिम डेभिडले १५ र प्याट कमिन्सले नटआउट ११ रन बनाए। 
बलिङतर्फ भारतका अर्शदीप सिंहले ३, कुलदिप यादवले २  तथा जसप्रित बुमराह र अक्षर पटेलले समान १(१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो। भारतका लागि कप्तान रोहित शर्माले ९२, सूर्यकुमार यादवले ३१, शिवम् दुबेले २८, हार्दिक पाण्डेयले नटआउट २७ र रिषभ पन्तले १५ रन बनाए।
बलिङतर्फ अष्ट्रेलियाका मिचेल स्टार्क र मार्कस स्टोइनिसले समान २(२ तथा जोश हेजलवुडले १ विकेट लिए।
भारतले अब सेमिफाइनलमा इंग्ल्याण्डसँग खेल्नेछ। अष्ट्रेलिया भने बाहिरिने सम्भावना बलियो बनेको छ।
आज बिहान हुने अफगानिनस्तान गर बंगलादेशबीचको खेलले अष्ट्रेलियाको भाग्य निर्धारण गर्ने छ। अफगानिस्तानले जिते अष्ट्रेलिया बाहिरिनेछ। सुपर एटको अन्तिम खेलमा आज विहान यी दुई टोलीबीच खेल हुनेछ।

सेयर: 21
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
thunderstorm
14° _ 14°
100%
3 km/h
शुक्र
18 °C
शनि
14 °C
आइत
20 °C
सोम
20 °C
मंगल
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ